मुख्य समाचार

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह

सिन्धुपाल्चोक, २६ चैत । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिए । तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पु¥याउनुपर्नेमा जोड दिए । कोभिड–१९ को महामारीपछि बन्द भएर… पुरा पढौ

व्यावसायिक लागत बढेकाले निकास दिन महासंघकाे आग्रह

काठमाडाैं, २६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घले तरलता अभाव, चर्को ब्याजदर, विद्युत् कटौती, इन्धनको चर्को मूल्य वृद्धिका कारण औद्योगिक व्यावसायिक लागत अत्यधिक बढेकाले निकास दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री दिलेन्द्रप्रसाद बडूलाई मन्त्रालयमा भेट गरी ती समस्या समाधानका लागि अनुरोध गरेको हो । सो अवसरमा महासङ्घका तर्फबाट लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुसी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या… पुरा पढौ

प्रदेश नं १, बागमती र गण्डकीमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडाैं, २६ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ।   चैत्र २६ गते  दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी  भू-भागका  केही  र बागमती प्रदेश तथा गण्डकी… पुरा पढौ

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो, आइसफल डाक्टर काम गर्दै

सोलुखुम्बु, २६ चैत । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् । दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए। एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म… पुरा पढौ

निर्वाचन आचारसंहिता आजैदेखि कार्यान्वयनमा, उल्लंघन गरे कारबाही गरिने

काठमाडाैं, २५ चैत । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्न आह्वान गरे । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले… पुरा पढौ

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बनमा, कारण के हाे ?

काठमाडौं, २५ चैत । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । अधिकारी निलम्बनमा परेपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ । बिलासीताका बस्तु आयातलाई रोक्ने मन्त्रालयको निर्देशन बारेको सूचना लिक भएको भन्ने विषय उनका लागि भारि बनेकाे र यसका बारेमा एउटा टोलीले अध्ययन गरेको जनाईएको छ । अध्ययन टोलीमा गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कि, उर्जामन्त्री पम्फा भुषाललगायतका रहेका थिए । पुरा पढौ

नेपाल बाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ प्रकाशन

काठमाडौं, २५ चैत । एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना अध्येताको संयुक्त लेखनमा ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ (नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण) पुस्तक प्रकाशन भएको छ । मिडिया अध्येता डा भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानडा) र सहप्राध्यापक डा श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिर्टी, अमेरिका) को सम्पादनमा तयार भएको यो पुस्तक प्राज्ञिक पुस्तक प्रकाशनमा ख्याति कमाएको बेलायतको राउटलेजले प्रकाशन गरेको हो । नेपालको पत्रकारिताको प्राज्ञिक एवं व्यावसायिक अभ्यासलाई वैश्विक… पुरा पढौ

स्वास्थ्यमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, २५ चैत । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्र ःवर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताए । उनले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्लेख गरिएपनि नसकिएको बताए । “राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा… पुरा पढौ

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, २५ चैत । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए। “अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ”, उनले भने, “कतिपयलाई भने नेपालको अर्थतन्त्र… पुरा पढौ

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

ललितपुर, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवर्धन नगर्न आग्रह गरेकी छन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवर्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रवर्धन गरौँ ।” व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवर्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा… पुरा पढौ