मुख्य समाचार

अपि पावरको हकप्रद सेयरमा आजबाट आवेदन खुला, कहिलेसम्म दिने ?

काठमाडौं, २५ चैत । अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले काल कायम रहेको १ कित्ता बराबर नयाँ ०.३९३६ रेसियोमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । अपिले रुपैयाँ १०० मूल्य अंकित दरले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले सेयर निष्काशनको प्रयोजनका लागि चैत १४ गते बुक क्लोज गरेको थियो । चैत १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम… पुरा पढौ

नयाँ बजेटका लागि सुझाव संकलन गर्दै अर्थ मन्त्रालय, कहिले छापिन्छ रातो किताब ? [कार्यतालिकासहित]

काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि धमाधम बजेट बनाउँदैछ । बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा अर्थ मन्त्रालयले कार्यतालिका नै सार्वजनिक गरेर बजेटमाथि सुझाव संकलन गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि प्रतिनिधि सभा बैठकमार्फत बजेट सार्वजनिक गर्नुपर्छ । मन्त्रालयले संविधानको सोही व्यवस्था बमोजिम जेठ १५ मा बजेट सार्वजनिक गर्नेगरी अहिले धमाधम बजेट निर्माण गरिरहेको छ । कार्यतालिका अनुसार आगामी जेठ ८ गते मन्त्रालयले राष्ट्रपतिसमक्ष बजेट ब्रिफ्रिङ गर्नेछ ।… पुरा पढौ

वैशाख २ देखि अनलाइनबाट मात्रै संस्थागत श्रम स्वीकृति दिइने

काठमाडौं, २५ चैत । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो ।… पुरा पढौ

उपकार लघुवित्तकाे २ करोड ३६ लाखको आईपीओ आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौँ, २५ चैत । उपकार लघुवित्त वित्तीय संस्थाले आज (शुक्रबार) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट… पुरा पढौ

विप्रेषण आप्रवाहमा वृद्धि गर्न श्रम मन्त्रालयले राख्याे दर्जन प्रस्ताव

काठमाडाैं, २५ चैत । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाहमा भइरहेको सङ्कुचन न्यूनीकरण गरी बढीभन्दा बढी विप्रेषण भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रस्ताव राखेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विप्रेषण आप्रवाहको वृद्धि र औपचारिक माध्यमबाट विप्रेषण ल्याउन सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न प्रस्ताव गरेका हुन् । उनले बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा भित्र्याउन विदेशमा रहेका नेपालीलाई आकर्षित र आह्वान गर्नुपर्ने बताए । नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र… पुरा पढौ

नागढुङ्गास्थित सुरुङमार्गकाे भौतिक प्रगति ३५ प्रतिशत

काठमाडौं, २५ चैत । नागढुङ्गास्थित सुरुङमार्गकाे भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ । तीन ‘अण्डर पास’मध्ये दुई सकिएको छ र चार ‘बक्स कल्भर्ट’मध्ये तीन सकिएको छ । तीन पुल निर्माण गर्नुपर्नेमा हालसम्म दुई सकिएको… पुरा पढौ

समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन : राष्ट्र बैंक

काठमाडाैं, २५ चैत । नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ । बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाबका साथै मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव परेको भए पनि अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको बताए । रुस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उनले भने, “यसको प्रभाव मुलुकमा देखिएको छ । उत्पादन क्षेत्रमा आवश्यक कच्चापदार्थको आपूर्ति प्रभावित भएको छ । आपूर्ति प्रणालीलाई समस्या परेको छ… पुरा पढौ

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त घोषणा

कर्णाली, २५ चैत । सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका हुन् । उनले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताए। “कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकलाई कोरोना खोपको पहुँचमा पु¥याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन… पुरा पढौ

प्रदेश नं १, बागमती र गण्डकीमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, २५ चैत । हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ तथा प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।    चैत्र २५ गते  दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी  भू-भागका  केही  र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा… पुरा पढौ

नेपाल बार एशोसिएशनको अध्यक्षमा घिमिरेको अग्रता कायमै, बिहान ९ बजेबाट पुनःमतगणना हुने

काठमाडौं, २५ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै छ । हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन् । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना… पुरा पढौ