मुख्य समाचार

‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं, २७ चैत । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन… पुरा पढौ

फिस्टेल एकेडेमीको एक दिने ‘ओपन डे’ सम्पन्न, नेपालकै उत्कृष्ट बिद्यालय-महानायक राजेश हमाल

पोखरा, २६ चैत्र । नेपाली सिने क्षेत्रका महानायकको रुपमा चित्रित राजेश हमालले बिद्यार्थिको उत्कृष्ट भबिष्य निर्माणका लागि अभिभावकले बिद्यालय र विद्यार्थीको मनोबैज्ञानिक भावना बुझेर आफ्नो काम व्यबहार अपनाउनु पर्ने बताएका छ्न्। उनले अभिभावकले बाताबरण मात्रै बनाउदैमा यथेष्ट नहुने भन्दै असल सिकाइको बाताबरण बनाउन सहि बिद्यालय छनोटमा ध्यान दिन आग्रह गरे । योजनायुक्त बिद्यालय, सचेत अभिभावक र लगनशील बिद्यार्थी नै सबल भविश्यकाे पर्याय भएको उनको भनाइ थियो । हमालले सो कुरा पोखरा महानगरपालिका बिरौटास्थित फिस्टेल एकेडेमीद्वारा शनिबार आयोजित एक दिने "ओपन… पुरा पढौ

जगदुल्ला र अपर पराजुली आयोजनामा साढे १६ कराेड सेयर लगानी गर्दै कर्णाली सरकार

कर्णाली, २६ चैत । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा रु ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा रु पाँच करोड शेयर लगानी गर्ने निर्णय गरेको हो । यी दुवै आयोजनाका प्रवद्र्धक कम्पनीले शेयर खरिदका लागि प्रदेश सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा… पुरा पढौ

अटेरीको चुनावी घोषणापत्र सार्वजनिक-निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन

काठमाडौं, २६ चैत । अटेरी अभियानले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पोखरामा आयोजित पोखरा लक्ष्य २०७९ कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम मार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । “निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन” अटेरी अभियान पोखरा लक्ष्य २०७९ नाम दिइएको घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक गरि सकेपछि सिद्धार्थ नगर नगरपालिका रुपन्देही प्रमुखमा अटेरी उम्मेद्वारी घोषणा गरेकी इशा खड्काले सचेत नागरिकको हैसियले सबैले अटेर गर्नुपर्ने बताइन् । नागरिकहरु नैतिक रहँदा रहँदै पनि व्यवस्थाले नागरिकहरुलाई अनैतिक बन्न बाध्य… पुरा पढौ

काभ्रेमा प्रतिवादीबाट ६६ करोड १८ लाख बढी जरिवाना असुल गर्न बाँकी

काभ्रेपलाञ्चोक, २६ चैत । जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएकोसमेत अदालत प्रशासनले जनाएको हो । आर्थिक वर्ष २०७६/७७, २०७७/०७८ तथा २०७८/७८ को फागुन महिनासम्म विभिन्न प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान तथा रु ६६ करोड… पुरा पढौ

आइतबार सार्वजनिक बिदा

काठमाडौं, २६ चैत । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जानकारी दिएकाे छ । पुरा पढौ

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ र के गर्न पाइँदैन ?

काठमाडौं, २६ चैत । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर… पुरा पढौ

टेलिकमको डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि, दुई करोड ११ लाख पुग्याे

काठमाडौं, २६ चैत । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ । चालु आर्थिक वर्षमा कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई दुई करोड तीन लाख ९७ हजार पुगेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीले कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको… पुरा पढौ

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा ल्याउन रोक

दमौली, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले… पुरा पढौ

प्रदेश प्रमुख गुरुङ र कुलपति प्रा.डा.गुरुङ अभिनन्दित

पोखरा, २६ चैत्र । गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चले पोखरामा एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङलाई अभिनन्दन गरेको छ। गुरुङ समुदायका दुई गुरुङले विशेष जिम्मेवारीमा रहेकाले गुरुङ लगायत यस क्षेत्रकै गौरब अभिवृद्धि गरेको भन्दै मञ्चले अभिनन्दन पत्र, फेटा,भाङ्ग्रा, मालाबाट अभिनन्दन गरिएको हो। उनीहरुलाई मञ्चका अध्यक्ष रत्नमान गुरुङ र सल्लाहकार प्रमुख एवम निर्वतमान अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले अभिनन्दन गरेका हुन । यसअघि अभिनन्दित व्यक्तित्वहरुको जीवनीको बारेमा मञ्चका अध्यक्ष रत्नमान गुरुङले… पुरा पढौ