मुख्य समाचार

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

काठमाडाै‌, २४ चैत । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २०औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे। सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन… पुरा पढौ

नेपाल जलवायु परिवर्तनको उच्च जाेखिममा, हरित अभियानमा योगदान गर्न आह्वान

काठमाडाैं, २४ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम मुलुक रहेकाले स्वच्छ र हरित वातावरणको सिर्जना र प्रवद्र्धनमा आवश्यक योगदान गर्न आह्वानसमेत गरेको छ । मन्त्रालयले विश्वस्वास्थ्य दिवसका अवसरमा आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक रहेको उल्लेख गरिएको छ । नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ… पुरा पढौ

जर्नी अफ फेसन : ‘अद्वितीय प्रतिविम्ब’ शीर्षकमा विद्यार्थीको फेसन शो सम्पन्न

काठमाडाैं, २४ चैत । सिर्जना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रममध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्य्राजुएसन फेसन शो सम्पन्न भएको छ । सोह्रौँ संस्करणका रुपमा प्रस्तुत गरिएको ‘जर्नी अफ फेसन’अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘अद्वितीय प्रतिविम्ब’ शीर्षकमा विद्यार्थीको फेसन कलाको अनुभव गर्न पाइएको थियो । काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको उक्त सोमा साँझको समय छिप्पिँदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो र एकपछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप,… पुरा पढौ

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै, आज बिहान ९ बजेदेखि पुनःमतगणना

काठमाडौं, २४ चैत । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । हालसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार चार मत प्राप्त गरेका छन्। नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ… पुरा पढौ

मन्त्री गुरुङ (दीपक मनाङे) द्वारा कर्मचारीमाथि कुटपिट

काठमाडौं, २३ चैत । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि कुटपिट गरेका छन् । कार्यालय समयपछि शाखा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेका बताईएको छ । उनी मन्त्रालयका सूचना अधिकारी पनि हुन् । फाईल लिएर मन्त्रीकोमा गएको बेला उनीहरुबीच सवाल जवाफ भएको थियो । सोहि समयमा गुरुङले धकेल्दै ओझामाथि जाईलागेको एक कर्मचारीले बताए । घटना भए लगत्तै ओझाले यसका बारेमा सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई अवगत गराएका बताईएको छ । यो मंगलबारको घटना हो ।… पुरा पढौ

नाटक ‘शिरीषको फूल’ चैत्र २४ देखि पोखरामा मञ्चन हुँदै

काठमाडौं, २३ चैत्र । नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पूरा भएको छ । नाटक चैत्र २४ गते बिहिबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदैछ । २७ गतेसम्म मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ वजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ । केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ हाङ… पुरा पढौ

मुलुकको समृद्धिका लागि उद्योगी, व्यवसायीले नेतृत्व लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगी, व्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन सक्दैन भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताए। “हामीले कच्चापदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ”, उनले भने, “कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र… पुरा पढौ

२६.०४ अंकले घट्यो नेप्से, हिमालयन डिष्टिलरीले गर्यो करिब ९ करोडको कारोबार

काठमाडौं, २३ चैत । सन् २०२२ को आरम्भसंगै प्रत्येक बुधबार ओरालो लाग्दै आएको सेयर बजारको आजकाे दृश्यले पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । तीनवटा सूचकहरुमा हरियो लागेपनि बाँकी सबै राताम्मै भएका छन् । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । नेप्सेमा भईरहेको घट्दो नकारात्मक प्रभावको कारण लगानीकर्ताहरुको मनोवल उठ्न सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २६.०४ अंकले घटेर २४२६.०२ विन्दुमा झरेको… पुरा पढौ

कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल-भारतका कृषि वैज्ञानिकहरु

काठमाडौं, २३ चैत । कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ राजधानीमा तीन दिने गोष्ठीको आयोजना गरिएको छ । कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुँदैछ । सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला… पुरा पढौ

बार अध्यक्षमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत समूहका घिमिरेको अग्रता कायमै

काठमाडाैं, २३ चैत । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना भएका मध्ये ९०५ मत प्राप्त गरका छन् भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४४७ मत प्राप्त गरेका छन् । नेपाल बार एसोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम,… पुरा पढौ