मुख्य समाचार

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघ गर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, १० चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। चैत्र १० गते   दिउँसो : देशका पहाडी र हिमाली भू-भागमा आंशिक  देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। राती : देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया… पुरा पढौ

मार्च २४ विश्व क्षयरोग दिवस : लागूपदार्थको दुर्व्यसनले क्षयरोगको विश्वव्यापी महामारी

पेरिस, १० चैत। विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टिबी) लाई उछिनेको हुन सक्छ । तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ । आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखा परेको थियो । ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग सर्ने गरेको वैज्ञानिकहरुले विश्वास गरेका थिए । तर हालैका अध्ययनहरूले भने अर्कै चित्र प्रस्तुत गरेको छ । यसले देखाएअनुसार मानिसहरूले गाईवस्तु पाल्ने… पुरा पढौ

उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, ९ चैत । व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन् । बुधबार दिउँसो प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ति र वितरणको अवस्थाबारे अर्थमन्त्री शर्माले जानकारी लिएका थिए । त्यसक्रममा हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिएका थिए । ‘अहिलेको जे समस्या हो, त्यसलाई चाँडो हल गरी उद्योगहरुमा मागअनुसार नियमित रुपमा बिजुली उपलब्ध गराउनुहोला,’ प्रबन्ध… पुरा पढौ

५५ लाख लागत रहेकाे मुनाबजार शुक्रबारदेखि पोखरामा सञ्चालन हुँदै

काठमाडौं, ९ चैत । काठमाडौं उपत्यकापछि पोखरामा चैत ११ देखि मुनाबजार सञ्चालनमा ल्याउने तयारी गरिएकाे छ । मुना कृषि लिमिटेडद्धारा सञ्चालित मुनाबजार शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो । बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै लिमिटेडका अध्यक्ष युवराज गुरुङले सुरक्षित खाद्य उद्देश्यसहित स्थानीय तथा रैथाने वस्तुहरुको प्रवद्र्धन गर्ने उद्देश्यले ५५ लाखको लागतमा पोखराको सिर्जनाचोकमा पाँचौं शाखाको रुपमा मुनाबजार सञ्चालनमा आउन लागेको जानकारी दिए । मुनाबजारको मुख्य कार्यायल भने लतिलपुरको सानेपामा रहेको छ । उत्पादित कृषि उपजलाई सुरक्षित रुपले भान्सा सम्म पु¥याउने… पुरा पढौ

मूल्यवृद्धि नियन्त्रणमा मुख्यमन्त्रीकाे चासाे, अनुगमन समितिलाई सक्रिय बनाउन पत्राचार

पोखरा, ९ चैत । पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् । यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गरेका छन् । मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ बढेको, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वभाविक महंगी बढेको गुनासो आएपछि नियन्त्रणका लागि पहल थालिएको बताए । उनले भने, ‘महंगी बढेको छ, हामी सबै यसबाट पीडित छौं,… पुरा पढौ

नेपाल फाइनान्सले पायो हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं, ९ चैत । नेपाल फाइनान्सले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई १ः०.७० रेसियोमा ३४ करोड ५४ लाख रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार भएको छ । फाइनान्सको हकप्रद सेयर निष्काशन भएपछि चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ हुनेछ । यसअघि फाइनान्सले हकप्रद सेयर निष्कासनको अनुमति माग गर्दै गएको कार्तिक… पुरा पढौ

देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध रहेकाे छ : अध्यक्ष ओली

काठमाडौं, ९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको बताएका छन् । आजदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिएर दिगो शान्ति स्थापना, सुशासनयुक्त विकाससहित मुलुकलाई समृद्धिमा लान कटिबद्ध हुनुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा होमिने भएकाले… पुरा पढौ

राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा सर्किट, बुद्धमूमि नेपाल हाइड्रोपावरले गुमायो

काठमाडौं, ९ चैत । साताको सेयरको कारोबार हुने चौथो दिन बुधबार सेयर बजारको लय सकारात्मक हुन सकेन । उसो त वर्ष २०२२ को सुरुआतबाटै सेयर बजारको यात्रा हरेक बुधबार ओरालो लाग्दै आएको छ । यसदिन पनि नेप्सेमा अघिल्ला बुधबारहरुको जस्तै करेक्सन होला भन्ने लगानीकर्ताको आलकन सहि भएको छ । तीन अर्ब ननाघेको कारोबारले खासै उत्साह पनि थप्न सकेन । नेपाल स्टक एक्सचेन्ज ने(प्से)का अनुसार नेप्से परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशत गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

घलेगाउँ : जहाँबाट अन्नपूर्णसहित ८ हिमाल आँखै अगाडि देखिन्छन्

लमजुङ, ९ चैत ।‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँस्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’(तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ) शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य घलेगाउँ विविधताको सङ्गम हो । प्रकृतिले सिँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ । पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दा यतिबेला मापदण्ड पूरा गर्दैे गाउँलाई नै सुखी गाउँ बनाउन लागिपरेका छन् । जिल्लामा सबैभन्दा बढी पर्यटक यसै गाउँमा… पुरा पढौ

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो चैत ३० मा साधारण सभा

काठमाडौं, ९ चैत । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरणका लागि चैतको ३० गते २०औं साधारण सभा आव्हान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । गएको असार अन्तिमसम्म कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको हो । इन्स्योरेन्सको साधारण सभा नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटी मण्डप, काठमाडौं… पुरा पढौ