मुख्य समाचार

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युत्गृहलगायतको निरीक्षणपछि समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिएका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले आयोजना निर्माणका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गरे । आज तनहुँका केही कार्यक्रममा… पुरा पढौ

नेपालकै पहिलो कृषि कर्जा मेला सुरु, कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउने अपेक्षा

चितवन, १० चैत । नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे । चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो । कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक… पुरा पढौ

आइपीओ निष्काशन गर्न उपकार लघुवित्तलाई अनुमति

काठमाडौं, १० चैत । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा आइपीओको निष्काशन गर्न अनुमति दिएको छ । लघुवित्तले सर्वसाधाणमा २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले कम्पनीलाई चैत ७ गते आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले कुल पूँजीको ३६ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट क्यापिटल रहेको छ । पुरा पढौ

काटियो मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन

जनकपुर, १० चैत । मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ । मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी रु ६४ करोड ३५ लाख महसुल सङ्कलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक… पुरा पढौ

टेलिकमले पहिलो पटक बोनस सेयर वितरण गर्दै, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० चैत । नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर वितरण गर्न लागेको छ । यसको प्रयोजनका लागि कम्पनीको साधारण सभा चैत २४ मा डाकिएको छ । सेयरधनीहरुका लागि टेलिकमको लाभांश सुरक्षित गर्ने बिहिबार आज अन्तिम दिन बाँकी रहेको छ । सो सेयर वितरणको प्रस्ताव पारित गर्नका लागि टेलिकमले सो प्रस्तावलाई साधारण सभामा लैजान लागेको छ । यसअघि कम्पनीले नगद लाभांश मात्रै वितरण गर्दै आएको थियो । टेलिकमले चैतको २४ गते डाकेको १४औं साधारण अगाडी चैत ११ गते बुक क्लोज… पुरा पढौ

भट्टराईद्धारा निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं, १० चैत । कास्कीकाे पाेखरा महानगरपालिका, लेखनाथका युवा व्यवसायी ध्रुव भट्टराईले निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । संघको चैत्र ११ र १२ गते पोखरामा २८ औं साधारण सभा तथा १५ औं अधिवेशन हुँदैछ । अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । निर्माण व्यवसायीहरु पनि लोकतान्त्रीक र प्रगतीशिल गरी दुई खेमामा विभाजित छन् । लोकतान्त्रीक खेमाबाट लिलकाजी गुरुङ्ग र प्रगतीशिल समूहबाट रामराज अधिकारीको नेतृत्वमा चुनावी मैदानमा उत्रिन लागेका हुन… पुरा पढौ

गठबन्धन टुट्दैन, कसैले भनेर केही पनि हुँदैन : अध्यक्ष प्रचण्ड

चितवन, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनहरुमा गठवन्धन हुने बताएका छन् । तर उनले कसैले भनेर गठबन्धन नटुट्ने र त्याे बाहेक अरुथाेक केही पनि नहुने बताए । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुनेमा जाेड दिए । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताएका हुन् । उाले भने, “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म… पुरा पढौ

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक, १० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए। बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै आएका… पुरा पढौ

वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा उलेख्य सुधार, रु ३४ अर्बभन्दा बढी सङ्कलन

वीरगञ्ज, १० चैत । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो । गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले रु ३४ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को… पुरा पढौ

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित हुने

सउल, १० चैत । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुरु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । निर्णयअनुसार इपीएस प्रक्रियामार्फत… पुरा पढौ