मुख्य समाचार

डोल्पामा असारभित्रै केन्द्रीय प्रसारण लाइन !

काठमाडौं, २४ फागुन । डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो । चालू आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने लक्ष्य लिएको बताइएको छ । प्रसारण लाइन विस्तार गर्ने जिम्मेवारी लिएको सताग्री निर्माण सेवाले विगत ३ वर्षसम्म काम नगरेपछि विद्युत् प्रसारण लाइनको काम रोकिएको थियो । निर्माण व्यवसायीलाई छिटो काम गर्न अन्तिम अल्टिमेटम दिएको र काम नगरे विकल्पसमेत खोज्ने तयारी भएपछि डोल्पामा… पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नजिता

काठमाडौं, २४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । आइपीओ बाँडफाँटमा लक्की ८ नम्बर रहेको बताइएको छ । क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा २५ लाख २७ हजार १०१ जना आवेदकले २ करोड ८७ लाख ८१ हजार ५२० कित्ता सेयरको लागि २ अर्ब ८७ करोड ८१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा ४ हजार ११४ जनाको आवेदन विभिन्न कारण रद्द भएको छ ।… पुरा पढौ

रोजगारीको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्कने वातावरण बनाउनुपर्छ : नेता पौडेल

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रोजगारीको खोजीमा बाहिरिएकालाई गाउँमै रोजगारी दिने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उनले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्ने बताएका हुन् । ‘पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ,’ उनले भने, ‘आज डाँडा–डाँडामा विकास पुगेको छ, डाँडाको… पुरा पढौ

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, २४ फागुन । एनएलजी इन्स्योरेन्सले चैत १७ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सोमबार बसेको इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारण सभा चैत १७ गते बिहान साढे १० बजे आम्रपाली ब्याङ्केट बालुवाटारमा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १२ करोड ६ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद गरी कूल १०‍.५३… पुरा पढौ

राष्ट्र निर्माणको अभिभारा एमालेकाे प्राथमिकतामा छ : अध्यक्ष ओली

पाेखरा, २४ फागुन । नेकपा एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए। जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए। आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै… पुरा पढौ

हेलिकप्टरबाट गोसाइँकुण्ड जाने यात्रुकाे सङ्ख्या बढ्याे

रसुवा, २४ फागुन । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन । स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन् । गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने… पुरा पढौ

नेष्डो लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, २५ लाखको हात खाली हुने

काठमाडौं, २४ फागुन । नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आइएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । १ सय अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओको बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता… पुरा पढौ

१ रूपैयाँको नयाँ सिक्का बजारमा ल्याउँदै राष्ट्र बैंक

काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले १ रूपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पुरानै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको १ रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याउन लागेको हो । सिक्काको अग्र भागमा बृत्ताकार ६४ थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा ७ प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ । सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा… पुरा पढौ

विराटनगर महानगरपालिकाद्वारा निर्मित ३२ घर हस्तान्तरण

विराटनगर, २४ फागुन । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आँगन ढलान गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले बस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ । सामूहिक बस्ती विकास गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसङ्ख्यक मुसहर (ऋषिदेव) समुदायका मानिस छन्… पुरा पढौ

१२३ रुपैयाँ पुग्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, २४ फागुन । अमेरिकी डलरको मूल्य बढेको छ । सोमबारको तुलनामा २ रुपैयाँको हाराहारीमा बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलरको मूल्य १२२.८४ पैसा खरिददर र १२३.४४ रुपैयाँ विक्रीदर कायम गरिएको हो । आज युरोपियन युनियनको एकको खरिददर १३३.२२ रुपैयाँ र विक्रीदर १३३.८७ रुपैयाँ कायम गरिएको छ भने युके पाउण्ड स्टलिङको एकको खरिददर १६१.७२ रुपैयाँ र बिक्रीदर १६२.५१ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आज क्यानडियन डलर एकको खरिददर… पुरा पढौ