मुख्य समाचार

सौराहामा बढे विदेशी पर्यटक, व्यवसायी उत्साहित

चितवन, ११ फागुन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन सुरु गरेका हुन् । “भारतीय पर्यटकको बुकिङ् पनि राम्रो छ”, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, “विगतका वर्षमा यो बेला… पुरा पढौ

आजबाट सुरु हुँदै नेपाल-भारत ऊर्जा बैठक

काठमाडौं, ११ फागुन । नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्ने भएको छ । बैठक दिउँसो ३ बजे ह्यात होटलमा बस्ने उर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहसचिव स्तरीय बैठकपछि भोलि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् । दुई देशबीचको ऊर्जा बैठकमा नेपाल-भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुने मन्त्रालयले जनाएको… पुरा पढौ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता

काठमाडौं, ११ फागुन । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । भेटका अवसरमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको… पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुला, १० देखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

काठमाडौं, ११ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्ने गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी जारी पुँजी (२५ करोड ५० लाख) को ०.५ प्रतिशत अर्थात् १२… पुरा पढौ

बुधबार प्रि-ओपन सेसनमा ३ अंकले घट्यो नेप्से, १० लाखको कारोबार

काठमाडौं, ११ फागुन । साताको चौथो दिन बुधबारको प्रि-ओपन सेसनमा सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अंकले घटेर २ हजार ७३२.४७ अंकमा झरेको हो भने सेन्सेटिभ इन्डेक्स २.२२ अंकले घटेर ५२०.९३ मा झरेको छ । सो सेसनमा २१ कम्पनीको १ हजार १७६ कित्ता सेयर १० लाख ४२ हजार ३९९ रुपैयाँ खरिदबिक्री भएको हो । सो सेसनमा ६ उपसमूहको कारोबार हुँदा ३ उपसमूह बढेका छन् भने ३ घटेका छन् । नेप्सेका अनुसार लघुवित्त १०.५१,… पुरा पढौ

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ विनिमयदरअनुसार आज मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढेको छ । मंगलबार ११८ रुपैयाँमा झरेको मुद्राको मूल्य आज बुधबार एकको खरिददर ११९.५१ र बिक्रीदर १२०.११ रुपैयाँ कायम गरिएको छ । युरोपियन युरोको एकको खरिददर १३५.५० रुपैयाँ र बिक्रीदर १३६.१८ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.२६ र बिक्रीदर ८६.७० रुपैयाँ कायम गरिएको छ भने क्यानडियन… पुरा पढौ

रहेनन् लोकगायक जयनन्द लामा

काठमाडाैं, ११ माघ । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए। लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उनले बताए। बिहानैदेखि उनको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।… पुरा पढौ

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

लण्डन, ११ फागुन । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत कार्यरत कर्मचारीलाई जानकारी गराएका छन् । हाल ७८ देशका मानिस विभिन्न पदमा कार्यरत छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ । उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहेकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन्… पुरा पढौ

लोसपा संसदीय दलको बैठक बस्दै, एमसिसीका विषयमा छलफल हुने

काठमाडाैं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा)को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ । एमसिसी… पुरा पढौ

नेपाली सेना निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म

काठमाडौं, ११ फागुन । नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरियो । रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट उक्त जनशक्ति गुमाउनुपरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका… पुरा पढौ