कञ्चनपुर, २४ फागुन । भीमदत्त नगरपालिका–७ हल्दुखालमा रु ३६ करोडको लागतमा खानेपानी आयोजना निर्माणका लागि सम्झौता गरिएको छ । खानेपानी आयोजना निर्माणका लागि पूर्णागिरि खानेपानी तथा सरसफाइ आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागबीच नगर कोषसँग सम्झौता भएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता आयोजना व्यवस्थापन कार्यालयका निर्देशक शालिकराम पौडेल, भीमदत्त नगरका नगरप्रमुख सुरेन्द्र विष्ट, पूर्णागिरि सहरी खानेपानी तथा सरसफाइ उपभोक्ताका तर्फबाट अध्यक्ष देवेन्द्र ढुङगाना, नगर विकास कोषका तर्फबाट प्राविधिक अधिकृत सुवासराज पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार नगर विकास कोषबाट…
पुरा पढौ