मुख्य समाचार

कृषि विकास बैंक कर्मचारी संघ गण्डकीको संयोजकमा थापा सर्वसम्मत चयन

काठमाडौं, २१ फागुन । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले थापाको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुर्नगठन गरेको हो । समितिको सह–संयोजकमा सुमन सुबेदी चयन भए । यस्तै समितिको सदस्यहरुमा डोलराज गैह्रे, भिम बहादुर थापा, सन्दीप अधिकारी, कुशल तिवारी, संगीता पहारी, याम प्रसाद भुषाल, शर्मिला गौतम, रामचन्द्र अधिकारी, सरस्वती पाण्डे र सुनिल ढेवाजु रहेका छन् । समितिले एक जना सदस्य पछि थप गर्ने निर्णय… पुरा पढौ

निजामती कर्मचारी संगठन कास्कीको पदस्थापन सम्पन्न

पोखरा, २१ फागुन । नेपाल निजामती कर्मचारी संगठन कास्कीको पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा १२ औ जिल्ला अधिबेसनबाट सर्वसम्मत चयन भएको कार्य समितिका पदाधिकारी साथै सदस्यहरुलाई निर्वाचन मण्डलले प्रमाण पत्र वितरण गरेको थियो । नेपाल निजामति कर्मचारी संगठन कास्कीका पुर्व अध्यक्ष ऋषि राम लामिछानेको अध्यक्षता पेशागत महासंघ नेपाल रास्ट्रिय समिति उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज राम प्रसाद खनालको प्रमुख आतिथ्यता र नेपाल निजामति कर्मचारी संगठन कास्कीका पुर्व अध्यक्ष निर्मल खत्रीको सञ्चालनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो… पुरा पढौ

मन्त्रालयबाट पाँचखाल सहरी विकास आयोजनाका लागि रु पचास करोड विनियोजन

काभ्रेपलाञ्चोक, २१ फागुन । पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न रु ५० करोड बजेट विनियोजन गरिएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो । मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो । पाँचखाललाई प्राप्त रु पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ । निर्धारित कार्यक्रमअन्तर्गत बुधबार मन्त्रालयका प्रतिनिधि,… पुरा पढौ

खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ : एमाले अध्यक्ष ओली

बनियानी, २१ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि सुरु नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन। “खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ”, उनले भने, “खेलकुदको विकासका लागि सबै पार्टी, सबै सङ्घसंस्था र सरोकारवालालाई लाग्न म आग्रह गर्छु ।” खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले… पुरा पढौ

सहकार्य र पर्यटन प्रबर्धनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेश भ्रमणमा

जनकपुर, २१ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो । प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए… पुरा पढौ

रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेकाेले फेसबुक र ट्विटरकाे प्रयाेगमा राेक

मस्को, २१ फागुन । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए। "मार्च २०२२ मा, रुसी भाषामा फेसबुक नेटवर्क (मेटा प्लेटफर्म, इंकको स्वामित्वमा रहेको) मा पहुँच रोक्ने निर्णय गरिएको हो । "हामीले हाम्रा सेवाहरू पुनर्स्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौं ताकि तिनीहरू सुरक्षित रूपमा आफूलाई अभिव्यक्त गर्न र कार्यको… पुरा पढौ

महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो

मार्तडी, २१ फागु । जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ । सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गङ्गा रावलले बताए । उ कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा र शिक्षिकालाई विद्यालयमा जान दिन… पुरा पढौ

कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा सडकखण्ड कालोपत्रको चरणमा

गलकोट, २१ फागुन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र हुने भएको छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडकखण्ड कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चताता गरेसँगै सडक कालोपत्र हुने भएको हो । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटरसडक सडक विभागलाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरी बहुवर्षीय ठेक्का प्रक्रियाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाइसकेको… पुरा पढौ

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोडकाे क्षति

जलेश्वर, २१ फागुन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर… पुरा पढौ

बैशाख ९ गतेदेखि ११ गतेसम्म ‘नेपाल फर्मा एक्स्पो’ हुने

काठमाडौं, २१ फागुन । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ । सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए। नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न… पुरा पढौ