मुख्य समाचार

बेनी–जोमसोम सडक आजदेखिदैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर, २३ फागुन । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिए। जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय… पुरा पढौ

दमाैलीका आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

दमौली, २३ फागुन। तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन् । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ । “भीषण आगलागी नियन्त्रणका लागि सहयोग पु¥याउने सबैप्रति कृतज्ञता… पुरा पढौ

नेपाल एयरलाइन्सलाई साउदी अरेबियामा उडान गर्न अनुमति

काठमाडौं, २२ फागुन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरेबियामा उडान गर्न अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् । ‘साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ । निगमले… पुरा पढौ

तरकारीखेतीबाट आत्मनिर्भर हुँदै धम्कापुरका थारु महिला

दाङ, २२ फागुन । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिकरुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । ती मध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नाका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैँ एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर पुग्ने स्यानीले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक ४ लाखसम्म बचत गर्ने गरेको बताइन् । यसपटक मौसमी धनियाखेतीबाट मात्र २ लाख ५० हजार आम्दानी गर्न… पुरा पढौ

स्थानीय तहको ५ वर्ष : पूर्वाधार विकासमा कावासोतीको उल्लेख्य प्रगति

कावासोती, २२ फागुन । स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको ५ वर्षका लागि बागडोर समाल्ने छन् । ५ वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन् । तीमध्ये कावासोती नगरपालिकाले समेत ५ वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, वडा कार्यालयको भवन, फोहरमैला व्यवस्थापन… पुरा पढौ

३.६६ अंकले घट्यो नेप्से, २ अर्ब ४९ करोड बढीको कारोबार

काठमाडौं, २२ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार आज सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने १.३१ अंकले बढेर ४९०.१३ विन्दुमा रहेको छ । कुल २३० कम्पनीको सेयर कारोबार भएको छ । ५१ लाख ३९ हजार २३९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ उपसमूहमध्ये ४ वटामा हरियो… पुरा पढौ

मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशन साेमबार पाेखरामा हुने

पाेखरा, २२ फागुन । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशन भोलि (सोमबार) पोखरामा हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा एलाइन्सका अध्यक्ष मिनबहादुर शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सामाजिक र आर्थिक रुपान्तरणका लागि मानवअधिकारको सुनिश्चिता, सुसंस्कृत सम्मुनत समृद्धि नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने नारासहित पोखराको जिरो किलोमिटरस्थित न्यू एरा पार्टी प्यालेसमा हुने महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । महाधिवेशनमा खाद्य अधिकार,… पुरा पढौ

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन

काठमाडौं, २२ माघ । प्रतिनिधिसभाको आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ । सो समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा सुवेदी (गुरुङ), रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्वाहाम्फे रहेका छन् । संसद्को बैठकमा आफ्ना माग पूरा गराउन विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सो समितिका लागि आफ्नातर्फबाट नाम दिएको छ । प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको… पुरा पढौ

राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता हुनुपर्ने अधिकारकर्मीकाे माग

काठमाडौं, २२ फागुन । महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्दै राज्यका हरेक संरचनामा उनीहरुको समान सहभागिताको माग गरिएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय योजना आयोगद्वारा आज आयोजित ‘दिगो भविष्यको लागि समानताः जलवायु परिवर्तनको सन्दर्भ’ विषयक अन्तक्र्रियामा महिला अधिकारकर्मीले लैंगिक समानताका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका हरेक संरचनामा न्यायपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए। योजना आयोगका सदस्य सलोनी प्रधानले समृृद्ध देश निर्माणका लागि पनि महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा बलियो बनाउँदै नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता… पुरा पढौ

आगलागी नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी हालिँदै

तनहुँ, २२ फागुन । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु¥याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको… पुरा पढौ