मुख्य समाचार

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला

काठमाडौं, २० फागुन । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइतबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आइतबारदेखि हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता (१०ः४) सेयरको… पुरा पढौ

महाकाली नदीमाथि मोटरेबल पुल निर्माणले सीमापार ‘कनेक्टिभिटी’ सुदृढ हुने

दार्चुला, २० फागुन । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो । यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ । पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै… पुरा पढौ

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२१.१६ र बिक्रीदर १२१.७६ रुपैयाँ कायम गरिएको छ । राष्ट्र बैंकका अनुसार आज युरोपियन युनियनको एकको खरिददर १३४.३२ र बिक्रीदर १३४.९९ रुपैयाँ छ भने युके पाउण्ड स्टलिङको एकका खरिददर १६२.१४ र बिक्रीदरर १६२.९४ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८८.५० रुपैयाँ र बिक्रीदर ८८.९४ रुपैयाँ कायम गरिएको छ भने क्यानडियन… पुरा पढौ

नेपाल बैंकले माग्यो देशभर कर्मचारी, चैत १० सम्म आवेदन दिन सकिने

काठमाडौं, २० फागुन । नेपाल बैंकले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ । बैंकले देशभर ३ सयभन्दा बढी कर्मचारीका लागि विज्ञापन खुलाएको हो । शुक्रबार विज्ञापन प्रकाशित गर्दै बैंकले ३ तहदेखि ६ तहसम्मका लागि कर्मचारी माग गरेको बैंकले जनाएको छ । बैंकले चैत १० गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ । लोकसेवा आयोगको सहमतिअनुसार चालू आर्थिक वर्ष ०७८/७९ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ ।… पुरा पढौ

ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० फागुन । ग्रीन भेन्चर्स लिभिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीका अनुसार १०० रुपैयाँ मूल्य अंकित ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरिएको हो । ओखलढुंगा खिजिदेम्बा गाउँपालिका वडा नं १, २, ३, लिखु गाउँपालिकाकोवडा नं ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं १, २ तथा उमाकुण्ड गाउँपालिका वडा नं ७ का स्थानियका लागि सेयर बिक्रीमा ल्याईएको हो ।… पुरा पढौ

पाल्पामा ५०० बढी हेक्टर जमिनमा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा, २० फागुन । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताए । जिल्ला समन्वय समितिका कावा प्रमुख मीरा मरासिनीले व्यावसायिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुनुपर्ने बताइन। व्यावसायिकरूपमा यस क्षेत्र उपयुक्त रहेकाले सुन्तला खेतीप्रति आकर्षित हुन उहाँले… पुरा पढौ

घरापमा रहेको सबस्टेशन बन्द, वैकल्पिक सबस्टेशनबाट विद्युत् वितरण

म्याग्दी, २० फागुन । बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको थियो । दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३/११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट… पुरा पढौ

निगमका कर्मचारीको पोशाक संरक्षण खर्च कटौती, बिक्रेता कमिसन यथावत

काठमाडौं, २० फागुन । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो । सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब रु ५० लाख खर्च न्यूनीकरण हुने निगमले जनाएको छ । यस्तै निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित… पुरा पढौ

नेपाल बैंक र पोखरा विश्वविद्यालयबिच वित्तीय कारोबारका लागि सम्झौता

पोखरा, २० फागुन । नेपाल बैंक लिमिटेड र पोखरा विश्वविद्यालयबिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबिच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारी र पोखरा विश्वविद्यालयका राजिष्टार डा.दीपकबहादुर भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बिहिबार सम्झौता पत्रमा विश्वविद्यालयले वित्तीय कारोबारमा नियम अनुसार छुट पाउने लगायतका सुविधाहरु रहेका छन् । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो बैंक र उत्कृष्ट विश्वविद्यालय बिचको सम्झौताले दुवैलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले देशका… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता

काठमाडाैं, २० फागुन । आसन्न स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि रु ८ अर्ब ९५ करोड बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेको थियो । आयोगले माग गरेभन्दा कम बजेटको सुनिश्चिता भए पनि निर्वाचनका लागि आवश्यक रकमको कुनै कमी हुन नदिइने प्रतिबद्धता सरकारकारबाट व्यक्त भएको उनले बताए। स्थानीय… पुरा पढौ