मुख्य समाचार

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं, ४ जेठ। चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार (मे १४) को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो । उक्त टोलीमा नेपाली गाइड ङिमा दोर्जे तामाङ र दावा नुरु शेर्पा हुनुहुन्छ । हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प… पुरा पढौ

सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ४ जेठ । सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि निष्काशन गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने याे बन्दमुखि योजनाको इकाई खरिदका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकाे थियाे । तर मागभन्दा बढी आवेदन परेका कारण सोभन्दा अगावै निष्काशन बन्द गर्न लागिएको छ। योजनाको मुख्य विशेषताहरू क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा… पुरा पढौ

सेबोन अध्यक्ष छनोट समितिकाे आज पहिलो बैठक बस्दै, ५ जनाको सर्टलिस्ट तयार पारिने

पोखरा, ४ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विगत करिब एक महिनादेखि रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि प्रक्रियाले पुनः गति लिन थालेको छ। अध्यक्ष नहुँदा पुँजी बजारका धेरै महत्त्वपूर्ण काम र नीतिगत निर्णयहरू रोकिइरहेका बेला सरकारले अध्यक्ष छान्न बनेको समितिको संयोजक परिवर्तन गरेको हो। राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य अध्यक्ष छनोट समितिको नयाँ संयोजक चयन भएका छन्। नयाँ संयोजक तोकिएसँगै समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ। ५ जनाको सर्टलिस्ट र नियुक्तिको कानुनी प्रक्रिया अर्थ मन्त्रालयले धितोपत्र… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८… पुरा पढौ

सेबोनद्वारा २४ कम्पनीलाई आइपिओ निष्कासनको अनुमति, ९८ कम्पनी पाइपलाइनमा

काठमाडौं, ४ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ वटा कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ। बोर्डका अनुसार अनुमति पाएका ती कम्पनीहरूले कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर निष्कासन गर्नेछन्। यस शेयरको कुल बजार मूल्य रु ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर रहेको छ। जलविद्युत् क्षेत्रको वर्चस्व अनुमति पाउने कम्पनीहरूमा जलविद्युत् क्षेत्रको बाहुल्यता देखिएको छ। कुल २४ कम्पनीमध्ये १५ वटा जलविद्युत्… पुरा पढौ

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ, ४ जेठ। यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरलानाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको… पुरा पढौ

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ४ जेठ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली… पुरा पढौ

डिजिटल कारोबारमा छलाङ-चैतमा मात्रै ९४ खर्ब बढीको भुक्तानी, मोबाइल बैंकिङ लोकप्रिय

काठमाडौं, ३ जेठ । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेट पहुँच विस्तारसँगै नेपालमा विद्युतीय (डिजिटल) भुक्तानी कारोबार तीव्र रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नवीनतम तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै डिजिटल माध्यमबाट ९४ खर्ब ७२ अर्ब १० करोड ८ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । केन्द्रीय बैंकले डिजिटल कारोबारका माध्यमहरूलाई १६ वटा शीर्षकमा वर्गीकरण गरेर तथ्यांक अद्यावधिक गर्दै आएको छ । ती विभिन्न माध्यमहरू भई चैत महिनामा मात्रै कुल २२ करोड २९ लाख ४८ हजार… पुरा पढौ

सरकारी धम्कीले निर्माण क्षेत्र जुनसुकै बेला स्वतः ठप्प हुने अवस्थामा-अध्यक्ष निकोलस पाण्डे

काठमाडौं, ३ जेठ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले देशको निर्माण क्षेत्र यतिबेला गम्भीर संकटमा गुज्रिरहेको र जुनसुकै बेला स्वतः ठप्प हुन सक्ने चेतावनी दिएका छन् । सरकारले कानुनअनुसार पाउनुपर्ने मूल्य समायोजन सुविधा नदिएको, काम गरिसकेको अर्बौ रुपैयाँ भुक्तानी रोकेको र व्यवसायीमाथि मानसिक दबाब बढाएका कारण काम गर्न सक्ने स्थिति नरहेको उनले स्पष्ट पारेका छन् । अध्यक्ष पाण्डेका अनुसार करिब ९० प्रतिशत ठेक्कामा सरकारी कर्मचारीहरूले कानुनमा रहेको मूल्य समायोजनको प्रावधानलाई समेत हटाएर सम्झौता गर्ने गरेका छन् । अहिले आएर… पुरा पढौ

‘निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन्’

भैरहवा (रुपन्देही), ३ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेकाले उद्योगी-व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमले नीति बनाइने प्रतिबद्धता जनाउनुभएको छ । भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा मुख्यमन्त्री आचार्यले नव-निर्वाचित पदाधिकारीलाई उद्योगी-व्यवसायीको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उद्योगी-व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । नयाँ कार्यकारिणी समितिका पदाधिकारीलाई व्यवसायीले आशा… पुरा पढौ