मुख्य समाचार

सूदूर पश्चिम, कर्णाली र प्रदेश १ मा हल्का वर्षाको सम्भावना   

काठमाडाैं, १२ फागुन । देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।   हाल मौसमको अवस्था फागुन १२ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सूदूर पश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।   राती : देशभर आंशिक देखि सामान्य बदली रही… पुरा पढौ

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

काठमाडाैं, १२ फागुन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जनाएका छन् । समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा… पुरा पढौ

काठमाडौं-मस्को सिधा हवाई उडानका लागि पहल गर्न आग्रह

काठमाडाैं, १२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौं–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुईपक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन् । विगतमा हुँदै आएको काठमाडौँ–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन्। मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल–रसिया व्यापार, व्यवसाय तथा पर्यटन पवद्र्धनका क्षेत्रमा दुई देशबीच सहकार्य गरी… पुरा पढौ

आयोगले स्थानीय तहको निर्वाचन अनुगमन गर्ने

काठमाडाैं, १२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, पूर्वआयुक्त इला शर्मा, नागरिक समाजका डा गोपालकृष्ण शिवाकोटी, कला स्वर्णकार र राधिका रेग्मीसँग उक्त विषयमा छलफल गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार विद्यमान निर्वाचन कानूनको मानव अधिकारको दृष्टिकोणबाट पुनरावलोकन गरी संशोधनका लागि सुझाव दिनुपर्ने, समानुपातिक समावेशीता, लैङ्गिक समानता, मतदाता… पुरा पढौ

द्रुतमार्ग निर्धारित समयमा सम्पन्न हुनेमा शंका गर्दै विकास समिति

काठमाडौं, ११ फागुन । संसदीय समितिले काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोगना हालसम्मको उपलब्धि, बजेट व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी अड्चन र जग्गा विवादलगायतले निर्धारित समय ९२०८१० मा सम्पन्न हुनेमा आशंका गरिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आजको बैठकमा सभापति कल्याणी खड्काले हालसम्मका प्रगति, बजेट व्यवस्थापन, खर्च गर्ने क्षमता र अरु देखिएका चुनौतीका आधारमा आयोजना समयमै सम्पन्न हुनेमा शंका रहेको बताए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले भने सेनाको व्यवस्थापनमा अघि बढिरहेको मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको द्रुतमार्ग समयसीमाभित्रै… पुरा पढौ

मितेरी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेण्ट बैकिङको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ११ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेण्ट बैकिङको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत र गुहेश्वरी मर्चेण्ट बैकिङको १० प्रतिशत बोनस सेयर नेप्समा सूचीकृत भएको हो । नेप्सेका अनुसार २ कम्पनीको गरेर १९ लाखभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १० लाख ६० हजार ५११.३३ कित्ता र गुहेश्वरी मर्चेण्ट बैकिङको ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।… पुरा पढौ

दुम्कीवास-त्रिवेणी बाटो छिटै खुल्ने भएपछि स्थानिय भए हर्षित

त्रिवेणी (नवलपुर), ११ फागुन । माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनाका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट अर्थात् १७ गते ३ मन्त्रीसँग भेटघाट गरे । भेटघाटको उद्देश्य थियो, प्रदेशले प्राथमिकतामा राखेका तर अगाडि बढ्न नसकेका योजनाको गाँठो फुकाउने । मन्त्रीमात्र होइन उनी सचिवको कार्यकक्षमा समेत पुगे । भाषणमा धेरैपटक भनिएको, नागरिकलाई धेरैपटक आश्वासन बाँडिएको दुम्कीवास त्रिवेणी सडक खण्डको ट्रयाक अब जसरी… पुरा पढौ

नेप्से परिसूचक १५ अंकले घट्यो, २ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं, ११ फागुन । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार सुधारिएको नेप्से आज पुनः ओरालो लागेको हाे । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले घटेर २ हजार ७२०.४३ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२२ अंकले घटेर ५१७.९३ मा झरेको हो । आज दिनभर भएका ४८ हजार ९११ कारोबारबाट २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर… पुरा पढौ

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

काठमाडौं, ११ फागुन । परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत् अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । युक्रेनको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्दै हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ । युक्रेनमा हाल ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकहरूले आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनलाई सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको… पुरा पढौ

बीमा संस्थान ५५औं वर्षमा प्रवेश, संस्थानलाई प्रतिस्पर्धी बनाउँछौं : अर्थ सचिव मरासिनी

काठमाडाैं, ११ फागुन । राष्ट्रिय बीमा संस्थान ५५औं वर्षमा प्रवेश गरेको छ । सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ । संस्थाको शाखा २२ पुगेको छ । यो वर्षभरिमा शाखा २८ पु¥याउने संस्थानको उद्देश्य छ । वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले… पुरा पढौ