मुख्य समाचार

निजी क्षेत्रद्वारा फागुन १ गतेदेखि प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने घोषणा

काठमाडाैं, २९ माघ । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् । त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ ।… पुरा पढौ

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते

काठमाडाैं, २९ माघ । नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामकोे अधिवेशन हुन बाँकी छ । उल्लेखित १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति… पुरा पढौ

नेपालद्वारा ओमान ६ विकेटले पराजित

काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार ग¥यो । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ रन तथा शरद भेषावकरले पनि समान ४… पुरा पढौ

पर्यटन प्रवर्द्धन गर्न ‘खप्तड-बडीमालिका हेली टूर’

काठमाडौं, २८ माघ । सेतो खप्तड देखिने वित्तीकै व्यवसायी दीपक खड्कालाई हेली टूरको याद आउँछ । होचो ठाउँ तथा सहर केन्द्रित भएका मानिसहरुले सामान्य हिमपातमा पनि रमाइलो गरेको देख्दा उनलाई खप्तडको याद आउँछ । करिब ३ महिनासम्म नै बाक्लो हिउँ जमिरहने खप्तडमा सामान्य हिमपातमा मनोरञ्जन लिनेलाई खप्तडको स्वाद चखाउन चाहन्छन् उनी । त्यसैका लागि लामो समयदेखि प्रयासरत रहँदा गत वर्ष मात्रै उनी सफल भए । गत वर्ष खड्काकै पहलमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेर करिब… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट ५ लाखसम्म कर्जा दिन पाउने

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो व्यवस्था लागू गरेको हो । राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट बढीमा रु पाँच लाखसम्म कर्जा दिन पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थामा रहेको तलबी, पेशागत वा व्यावसासिक खाता भएका ग्राहकले मात्र सो सेवा पाउँनेछन् । सो कर्जा… पुरा पढौ

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौं, २८ माघ । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। यसअघि यही माघ ४ गते बसेको पूर्र्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक… पुरा पढौ

स्थानीय तहकाे निर्वाचन नमूना बनाऔं : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग आज आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनबारे छलफल गरेको हो । स्थानीय तह निर्वाचनलाई प्रभावकारी तुल्याउन सार्वजनिक सञ्चार माध्यममार्फत गरिने क्रियाकलापलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल गरिएको थियो । प्रमुख निर्वाचन… पुरा पढौ

एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ : डा महत

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको प्रवक्ता मनोयन भएकाेमा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज आयोजना गरेको कार्यक्रममा डा महतले यो परियोजना जतिसक्दो चाँडै संसद्मा पेश गरी पारित गर्नुपर्नेमा जोड दिए । प्रवक्ता डा महतले पछिल्लो एक वर्षमा एमसिसीलाई गिजोल्ने काम मात्र भएको टिप्पणी गरे। नेपालमा सबै राजनीतिक दलहरु यसको समर्थनमा रहेका र हुनुपर्ने… पुरा पढौ

कोरोनाका कारण थप १४ जनाको निधन, १ हजार १२८ जना थपिए संक्रमित

काठमाडौं, २८ माघ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर १४ जनाले ज्यान गुमाएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ४४७ जनाको पीसीआर परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ५४२ जनाको एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो ।… पुरा पढौ

तातोपानी बजार र दुखुबेँसीगाउँ संरक्षणका लागि बजेट माग

काठमाडौं, २८ माघ । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेँसीगाउँ संरक्षणका लागि नेपाल सरकारसँग बजेट माग गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिङ्गो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट विनियोजन गरी बजार संरक्षणका लागि संघीय सरकारबाट यथेष्ट बजेट विनियोजनको माग गदैं प्रधानमन्त्री देउवालाई अनुरोधसहित वस्तुगत विवरण हस्तान्तरण गरेका हुन् । बजार संरक्षणमा अहिलेसम्म बजेट नराखिएकाले यसपटक संरक्षणको काममा ढिलाइ भए अबको बर्खामा थप क्षति हुने… पुरा पढौ