मुख्य समाचार

नेपाली सेना निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म

काठमाडौं, ११ फागुन । नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरियो । रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट उक्त जनशक्ति गुमाउनुपरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका… पुरा पढौ

प्रस्तावित संसदीय सुनुवाइ विधेयकको मस्यौदामाथि छलफल सुरु

काठमाडाैं, ११ फागुन । नेपाल कानून आयोगले संसदीय सुनुवाइ गर्नुपर्ने पदमा सुनुवाइ नै नभई ४५ दिनपछि स्वतः नियुक्ति हुने विद्यमान प्रावधानको खारेजीसहितको संसदीय सुनुवाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि प्रारम्भिक छलफल चलाएको छ । आयोगद्वारा आयोजित कार्यक्रममा विधेयकमाथि सरकारका प्रतिनिधि, संसदीय सुनुवाइ समितिका पदाधिकारी, संविधानविद् तथा वरिष्ठ अधिवक्ताले संविधानले तोकेका पदमा संसदीय सुनुवाइविना नियुक्ति हुन नसक्ने व्यवस्थालाई कडाइका साथ पालना गर्ने गरी ऐनलाई समृद्ध तुल्याउन सुझाव दिए । प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद् सदस्य, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी… पुरा पढौ

सरकारी प्रक्रियालाई छलेर कामदार नपठाउन श्रममन्त्री श्रेष्ठको जोड

काठमाडौं, ११ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारी प्रक्रियालाई छलेर कामदार विदेश पठाउन नहुने बताएका छन् । स्थानीय तहका प्रमुखहरूसँग श्रम मन्त्रालयमा भएको छलफलमा उनले सरकारी प्रक्रियाभन्दा बाहिरबाट सम्झौता गरी कोरियालागयत अन्य देशमा कामदार पठाउन नहुने बताए। मन्त्री श्रेष्ठले कोरियामा कामदार आपूर्तिबारे कोरिया र नेपाल सरकारबीच समझदारी भएको स्मरण गराउँदै म्यादी कामदार पठाउन पनि सरकारीस्तरबाट टुङ्गो लगाउनुपर्ने बताए। स्थानीय तहका प्रमुखहरुले कोरियाका केही कम्पनीले आफ्नो क्षेत्रका युवालाई म्यादी कामदारका रूपमा लैजान प्रस्ताव गरेको सन्दर्भमा उनले त्यसो… पुरा पढौ

नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक बुधबारदेखि, बिजुली बिक्रीकाे प्रस्ताव हाेला ?

काठमाडौं, १० फागुन विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरुपमा हुन नसकेको बैठक यसपटक भौतिकरुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलोरमा भएको थियो । यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियो । भोलिदेखि सुरुदेखि सुरु हुने यस बैठकमा नेपालका तर्फबाट ऊर्जा… पुरा पढौ

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न, २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, १० फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको हो । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम, देशभरमा ३४ वटा बृद्ध आश्रमहरु खाना खुवाउने र कर्मचारीहरुबीच खेलकुद प्रतियोगिता गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद सेयर गरेर २० प्रतिशत लाभांश दिने… पुरा पढौ

४ कम्पनीको ३ करोड ९० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १० फागुन । मंगलबार ४ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । प्रभु बैंक, ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार प्रभु बैंकको १२ प्रतिशत बोनस सेयरबाफतको १ करोड ३६ लाख १६ हजार ३६८.७६ कित्ता सेयर सूचीकृत भएको हो भने ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस सेयरबाफत २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता सेयर सूचीकृत भएको हो । वुटवल पावर कम्पनीको… पुरा पढौ

एमसिसीका पक्षमा मतदान नगर्ने हाे भने सरकारमा संगै बस्न सकिन्र : महामन्त्री थापा

चितवन, १० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ भन। उनले भने,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छाैं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न… पुरा पढौ

नेपालको वैदेशिक व्यापार : ७ महिनामा १० खर्ब नाघ्यो व्यापार घाटा

काठमाडौं, १० फागुन । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब नाघेको छ । १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्बभन्दा बढीको घाटा भएको हो । भन्सार विभागका अनुसार यस अवधीमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको आयातको तुलनामा भने चालू आवको सोही अवधीमा ४२.७८ प्रतिशत बढी वस्तु आयात भएको हो । गएको पुसमा पनि अघिल्लो वर्षको… पुरा पढौ

पूर्वाधार निर्माणमा सफल हुँदै मधेश प्रदेश

जनकपुर, १० फागुन । केही वर्षअघिसम्म पूर्वाधार विकासमा पछाडी परेको मधेस प्रदेशमा पछिल्लो समय तीव्र गतिमा पूर्वाधार निर्माण भएका छन् । भौतिक पूर्वाधारको विस्तारसँगै प्रदेशवासी पनि खुसी भएका छन् । प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मधेश प्रदेशले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य सेवा, कृषि, सिँचाइलगायत पूर्वाधार निर्माणको क्षेत्रमा ठूलो फड्को मारेको हो । सो अवधिमा प्रदेशको ८ वटै जिल्लामा एक हजार ६२३ किलोमिटर सडक विस्तार भएको जनाइएको छ । प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेशभर… पुरा पढौ

पोखरामा परेको भीषण असिनापानीले ११ करोड बराबरको क्षति

पोखरा, १० फागुन । पोखरामा आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको महानगरपालिकाले जनाएको छ । असिनाकै कारण पोखरा महानगरपालिका-११ मा उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको… पुरा पढौ