मुख्य समाचार

१० अर्बको विकास ऋणपत्र २०८२‘ङ’ निष्काशन गर्दै राष्ट्र बैंक

काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैकले ४ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्काशन गर्ने भएको छ । विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने गरी ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७… पुरा पढौ

उपत्यकामा जोर बिजोर व्यवस्थित गर्न छलफलका लागि सीडीओहरुको बैठक बस्दै

काठमाडौं, १४ माघ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएको भन्दै सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली थप व्यवस्थित बनाउन उपत्यकाका सीडीओहरुको बैठक बस्दैछ । शुक्रवार मध्याह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो । जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल हुने बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालका अनुसार तत्काल जोरबिजोर हटाउने निर्णय नभए पनि व्यवस्थित… पुरा पढौ

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, १४ माघ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश बिमा समितिबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि… पुरा पढौ

छाङ्गरुमा हिउँ पगालेर पानी खाँदै सुरक्षाकर्मी

जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । ‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन,’ एक सुरक्षाकर्मीले भने, ‘हिउँ पग्लाएर पानी खाएर बसेका छौं, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै वरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौं ।’ चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी… पुरा पढौ

छाडियो कालीगण्डकीमा ३१ हजार माछाका भुरा

नवलपुर, १४ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवलगायतले कालीगण्डकी नदीमा बिहीबार माछाका भुरा छाडेका हुन् । मधेश प्रदेशको ह्याचरीमा उत्पादन भएका स्थानीय प्रजातिका… पुरा पढौ

लाभांश वितरणको प्रस्ताव पारित गर्न जानकी फाइनान्सले बोलायो साधारण सभा

काठमाडौं, १४ माघ । जानकी फाइनान्सले आफ्ना सेयरधनीहरुलाई वितरण गर्न संचालक समितिले घोषणा गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा आव्हान गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पारित गर्न फागुन ७ गते २५ औं साधारण सभा आव्हान गरेको हो । सभाबाट १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ । जस्मा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांशसहित १५.७८९५ प्रतिशत लाभांश रहेको छ । साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन,… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, १४ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । यसमा ८ हजार कित्ता संस्थाका कर्मचारीको लागि, २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि र बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले कम्तिमा १० कित्तादेखि बढीमा ५ हजार दुईसयबीस कित्ताका लागि… पुरा पढौ

तराइमा कुहिरो, उच्च पहाडी-हिमाली भागमा वर्षा र हिमपातको संभावना

काठमाडाैं, १४ माघ । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही तराइका केही भू-भागमा हुस्सु कुहिरो लागेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १४ गते    दिउँसो : प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ तथा बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।   राती : देशको पहाडी भू-भागमा… पुरा पढौ

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ । हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना info@tourism.go.np मा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र… पुरा पढौ

शिवशक्ति बायो प्लान्टिक उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

काठमाडौं, १३ माघ अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ । बाराको परवानीपुर‍-४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको जनाएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा खटिएको टोलीले विगत १२ वर्षदेखि अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरिरहेको विशेषरूपमा जानकारी आएपछि सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।… पुरा पढौ