मुख्य समाचार

जलेश्वर भन्सारकाे लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन

महोत्तरी, १२ माघ । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ५७ करोड १६ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१.९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ८१ करोड ८९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए । कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व… पुरा पढौ

हिमालयन बैंकले कमायो ७४ करोड ३४ लाख खुद नाफा

काठमाडौं, १२ माघ । हिमालयन बैंकले खुद नाफा कमाएको छ । बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको वित्तीय विवरणका अनुसार गएको वर्षको सोहि अवधिकोभन्दा यस पटक बैंकको खुद नाफा बढेको हो । यस आर्थिक वर्षको दोश्रो त्रैमासम्म बैंकले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गएको वर्षको सोहि अवधिकोभन्दा १३.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको नाफा ६५ करोड ३२ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा भएको बृद्धिसंगै… पुरा पढौ

१० वर्षमा २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो नेपालको जनसंख्या

काठमाडौं, १२ माघ । नेपालको जनसंख्या १० वर्षमा २७ लाखले बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले २०७८ मा सम्पन्न गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेकाे छ । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । विभागले यो वर्ष २ चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका… पुरा पढौ

खेत मासेर रिसोर्ट !

तनहुँ, १२ माघ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् । सिंगापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब साढे चार करोड रुपैयाँ खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागेको हुन् । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताए । उनले भने, ‘राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौं… पुरा पढौ

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १२ माघ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस ७ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले अहिले कायम भएको १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बैंकले १०० रुपैयाँ अंकित दरको १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो । बैंकले सेयर निष्काशनको लागि… पुरा पढौ

यातायात कार्यालयद्वारा रु २९ करोड बढी राजस्व सङ्कलन

जनकपुर, १२ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८, ७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए। चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु… पुरा पढौ

कपास विकास समितिको अतिक्रमित ५५० हेक्टर जग्गाको खाेजि सुरु

राँझा, १२ माघ । कपास विकास समितिले बर्दियाको कुम्भरमा अतिक्रमित ५५० हेक्टर जग्गाको खोजी सुरु गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९ कुम्भरस्थित कपास फार्मको उक्त जग्गा द्वन्द्वको समयमा २०५८ सालदेखि अतिक्रमणमा परेको हो । उक्त जग्गामध्ये १३८ बिघा १५ कठ्ठा सरकारले मुक्त कमैयालाई वितरण गरेको छ । बाँकी जग्गा राजनीतिक पहुँचका आधारमा स्थानीय बासिन्दाले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन् । जग्गा अतिक्रमण गरी बसेका स्थानीयले २०६० सालसम्म जग्गा प्रयोग गरेवापत सरकारलाई राजस्व बुझाए पनि बुझाउने गरेको… पुरा पढौ

सुदुर पश्चिम-गण्डकीमा बदली, पहाडी र हिमाली भागमा हिमपातको संभावना

काठमाडाैं, १२ माघ । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ। साथै सुदुर पश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १२ गते   दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।   राती : देशको… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन : बिहान ९ बजेदेखि मतदान

काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगिसक्नुभएको छ । प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला… पुरा पढौ

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

काठमाडाैं, माघ १२ । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ । एन्फाले दर्शकलाई… पुरा पढौ