मुख्य समाचार

शिखर इन्स्यारेन्सकाे माघ २१ मा बुक क्लोज हुँदै

काठमाडौं, १३ माघ । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनको प्रयोजनका लागि माघ २१ गते बुक क्लोज हुने बताएको छ । माघ २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने भएका छन् । इन्स्योरेन्सको २०७७ चैत्र ९ गते सम्पन्न भएको पन्धौं तथा सोहौं वार्षिक साधारण सभाबाट पारित भएको १ः०३ को अनुपातमा विद्यमान १ कित्ता बराबर नयाँ ०.३ कित्ता सेयरको दरले हकप्रद सेयर निष्काशन गर्न माघ २१ गते बुक क्लोज गरिने भएको हो ।… पुरा पढौ

डिप्रोक्स लघुवित्तले कमायो ३३ करोड ४४ लाख बढी खुद नाफा

काठमाडौं, १३ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा बृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले ३.२३ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७८, ०७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणमा संस्थाले ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गएको वर्ष सोहि अवधिमा संस्थाको खुद नाफा ३२ करोड ४० लाख रहेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत बढेको छ । यो ७१ करोड ३० लाख १८ हजार… पुरा पढौ

तराईमा हुस्सु, पहाड-हिमालमा वर्षा र हिमपातकाे संभावना

काठमाडाैं, १३ माघ । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १३ गते   दिउँसो : प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।   राती : प्रदेश १, बाग्मती तथा गण्डकी… पुरा पढौ

पर्याे धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडाैं १३ माघ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो । प्रधानमन्त्री… पुरा पढौ

‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने, पोखरेलको संयोकत्वमा बन्याे समिति

काठमाडौं, १३ माघ । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो । गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन : पाँच दलीय गठबन्धनका उम्मेदवार १८ स्थानमा विजयी (सूचीसहित)

काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भए । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भए। नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार,… पुरा पढौ

भूगर्भ विभागका महानिर्देशकसहित १८ बिरुद्ध मुद्दा दायर

काठमाडौं, १२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा खानिजन्य सामग्रीमा चरम भ्रष्टाचार गरेको अभियोगमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाबिरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ विभागका तत्कालीन उपमहानिर्देशक एवम् हालका महानिर्देशक रामप्रसाद घिमिरेको नेतृत्वमा गठित तीन सदस्यीय समितिले विभिन्न नौ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिमा तोकिएको भन्दा बढी चुनढुङ्गा निकालेको भन्ने विषयमा भएको छानबिनअनुसार रु एक अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति उठाउनुपर्नेमा छुट दिइएको पाइएको… पुरा पढौ

जापान सरकारले दिने अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १२ माघ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रुपैयाँको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिए । मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने… पुरा पढौ

वाणिज्य बैंकहरुको नाफा ३४ अर्ब २१ करोड पुग्यो, ६ बैंकको नाफामा गिरावट

काठमाडौं, १२ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले ३४ अर्ब २१ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधीमा वाणिज्य बैंकहरुको नाफा ३ अर्ब १३ करोड ३४ लाख रुपैयाँले बढेको हो । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा धेरै मूनाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आइएमईले गत आव वर्षको पहिलो ६ महिना २ अर्ब… पुरा पढौ

बुधबार ३८ अंकले घट्यो नेप्से, २ कम्पनीको कारोबारमा सर्किट

काठमाडौं, १२ माघ । साताको चौथो दिन बुधबार सेयर बजार १.३७ प्रतिशतले घटेको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३८.४५ अंकले घटेर २ हजार ७७६.६१ अंकमा झरेको हो । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा किनबेच भएको छ । आज २ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र… पुरा पढौ