मुख्य समाचार

सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छ-गृहमन्त्री

काठमाडौं, २९ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्णरूपमा कार्यान्वयन गर्ने जानकारी दिए। सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सङ्घ, संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनको भनाइ छ ।… पुरा पढौ

चौबीसौं भूकम्प सुरक्षा दिवसको कार्यक्रम पाटन दरबार क्षेत्रमा मनाइँदै

काठमाडौं, २९ पुस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आगामी माघ २ गते विभिन्न कार्यक्रम गरी देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हाे । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६… पुरा पढौ

बंगलादेश बैंकको सेयर चौधरी ग्रुपलाई नबेच्न अदालतको आदेश

काठमाडौं, २८ पुस । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई नबेच्न आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले बंगलादेश बैंकमा आइएफआइसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई विक्री गर्ने प्रक्रिया रोक्न आदेश दिएको हो । सनराइज बैंकका अध्यक्षसमेत रहेका व्यवसायी मोतीलाल दुगडले बंगलादेश बैंकले आफूलाई बेच्ने सहमति गरेर पनि पुन चौधरी ग्रुपलाई सेयर बेच्न लागेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । दुगडले… पुरा पढौ

पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन विभागको आग्रह

काठमाडौं, २८ पुस । सरकारले चालू आर्थिक वर्षको पुस मसान्तभित्रमा ४० प्रतिशत कर बुझाउन आग्रह गरेको छ । ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको आग्रह गरेको हो । चालू आर्थिक वर्ष ०७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७८/७९ को आयकरको… पुरा पढौ

३ कम्पनीको हकप्रद सेयर जारी हुँदै, कर्पोरेट डेभलपमेन्टको माघ ७ र छ्याङ्दी हाइड्रोकाे माघ ११ देखि बिक्री खुल्ला

काठमाडौं, २८ पुस । तीन कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर जारी गर्न लागेका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ । अहिले बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित : विश्व बैंक

काठमाडौं, २८ पुस । चालू आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालू आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा संकुचित हुने प्रक्षेपण गरेको हो । कोभिड-१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति,… पुरा पढौ

नर्भिक अस्पतालले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २८ पुस । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा (एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । आइपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले गत आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । नर्भिक अस्पतालको हालको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ… पुरा पढौ

ढुंगेधाराको कथा भगिरथ राजासँग जोडिएको छ : सत्यमोहन जोशी

भक्तपुर, २८ पुस । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शंखधर चोकमा निर्माण गरेको शंखधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् । उनलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी गराएका थिए । फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्ने बारेमा जानकारी गराउँदै उनले गुरुयोजना, अब बन्ने शंखधर साख्वाःको सालिक, शंखलगायतका संरचनाका विषयमा बताए । शंखधर पार्कमा निर्माण भएका ढुंगेधाराका बारेमा… पुरा पढौ

दोहोरो अंकले घट्यो नेप्से, निफ्राको सेयर खरिद चाप सर्वाधिक

काठमाडौं, २८ पुस । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर कारोबार मापन नेप्से परिसूचक ३०.५१ बिन्दुले घटेर दुई हजार ८०३.६२ मा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ बिन्दुमा झरेको हो । नेप्से घटे पनि कारोबार रकम भने आज बढेको छ । नेप्सेका अनुसार आज २२९ कम्पनीको एक करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँमा… पुरा पढौ

संक्रमण फैलिन नदिन स्याङ्जा प्रशासनले सक्रियता बढायाे

स्याङ्जा,२८ पुस । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण र पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गराउने निर्णय गरेको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव आयोजना नगर्ने,नगराउने निर्णयलाई… पुरा पढौ