मुख्य समाचार

भारतमा नेपाली उत्पादनकाे निर्यात बढ्यो, चीनमा घट्यो

काठमाडौं, ३० पुस । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारको ग्राफ बढिरहेको छ । त्यसमा पनि आयातसँगै निर्यात पनि निकै बढेको देखिन्छ । चालू आवको पहिलो पाँच महिनामा मात्रै वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार चालू आवको पहिलो पाँच महिनामा एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारतसँग १३८ प्रतिशत र अन्य मुलुकतर्फ भएको… पुरा पढौ

भक्तपुरका ९३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइयाे

काठमाडौं, ३० पुस । भक्तपुरमा लक्षित जनसंख्याको ९३.४ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । भक्तपुरमा कूल २ लाख ५० हजार २६१ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा बिहीबारसम्म दुई लाख ३४ हजार ३६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिकामा कोरोनाविरुद्ध खोप लगाएका छन । यहाँ लक्ष्यभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । सूर्यविनायकमा ६२ हजार ३६ जनालाई खोप लगाउने लक्ष्य लिए पनि हालसम्म ८१ हजार ७०५ जनाले खोप… पुरा पढौ

५ महिनामा ३ खर्ब ८८ अर्ब विप्रेषण भित्रियो

काठमाडौं, ३० पुस । मुख्य श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको देखिएकाे छ । सो अवधिमा कूल र ३ खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो… पुरा पढौ

आज अमेरिकी डलरको मूल्य घट्यो, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, ३० पुस । आज अमेरिकी डलरको मूल्य केही पैेसाले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरमा अमेरिकी डलरको मूल्य हिजोको मूल्यभन्दा चार पैसाले घटेको हो । अमेरिकी डलर एकको खरिददर ११७.९३ रुपैयाँ र विक्रीदर ११८.५२ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको एकको खरिददर १३५.३० र विक्रीदर १३५.९९ रुपैयाँ कायम भएको छ । आज यूके पाउण्ड स्टलिङको एकको खरिददर १६२.०३ रुपैयाँ र विक्रीदर १६२.८६ रुपैयाँ कायम भएको छ । त्यस्तै… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं, ३० पुस । राष्ट्रिय वाणिज्य बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न प्ररकारका खातामा शनिबार देखिनै नयाँ ब्याजदर लागू हुने जनाएको हो । बैंकका अनुसार बचत खातामा घटिमा ५.०५ प्रतिशत र बढीमा ८.०५ प्रतिशतसम्म ब्याज दिईने भनिएकाे छ । मुद्धति निक्षेपमा कम्तिमा ९.०५ प्रतिशतदेखि बढीमा ११.०५ प्रतिशत ब्याज तोकिएको बैंकले जनाएको छ । बैंकले आवधिक कर्जाका लागि स्थिर ब्याजदर व्यक्तिगत कर्जामा ९.५० प्रतिशतदेखि बढीमा १३ प्रतिशतसम्म तोकेको छ । पुरा पढौ

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, मध्य तराइमा कुहिरो

काठमाडाैं, ३० पुस । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। प्रदेश २ तथा बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ३० गते  दिउँसो : प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आन्शिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी  भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशभर आंशिक बदली रहने… पुरा पढौ

नबिलले गाभ्ने भयो बङ्गलादेश बैंक, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ३० पुस । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरे। बङ्गलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन… पुरा पढौ

मादी गाउँपालिकाको गाउँसभा सम्पन्न, पाँचवटा विधेयक पारित

पोखरा, २९ पुस । मादी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा मादी गाउँपालिकाको क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन गाउँपालिका मातहत रहने व्यवस्था मिलाउन तथा गाउँपालिका मातहत नआउँदासम्म अन्नपूर्ण संरक्षण क्षेत्रका नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको ७० प्रतिशत अंश गाउँपालिकालाई प्राप्त हुने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङका अनुसार गाउँसभाले मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको… पुरा पढौ

संघीय सरकारको चालू खर्च ३१७ अर्ब पुग्यो, पुँजीगत खर्च २८ अर्ब

काठमाडौं, २९ पुस । चालू आवको पाँच महिनामा संघीय सरकारको चालू खर्च तीन खर्ब १७ अर्ब पुगेको छ । अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा संघीय सरकारको चालू खर्च तीन खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चालू खर्चको तुलनामा पुँजीगत खर्चको ग्राफ भने कछुवा गतिमा देखिएको छ । चालू आवको पाँच महिनामा २८ अर्ब ४० करोड रुरपैयाँ पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्था अन्तर्गतको खर्च ४१ अर्ब ३० करोड गरी कुल खर्च… पुरा पढौ

१३ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं, २९ पुस । विदेशी मुद्राको सञ्चिती १३.२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्त १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा १२१४ अर्ब ३ करोड कायम भएको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये… पुरा पढौ