मुख्य समाचार

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

काठमाडौं, २७ पुस । क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा… पुरा पढौ

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम ढोका गएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । ३००औं पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेकी हुन् । सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले पनि सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा… पुरा पढौ

नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं, २७ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार लघुवित्तको ४० प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले गरेको बुक क्लोजसँगै ४० प्रतिशत बोनस सेयरपछि सेयरमूल्य समायोजन भएको हो । सोमबार भएको अन्तिम कारोबार मूल्यको आधारमा सेयर मूल्य समायोजनपछि नयाँ मूल्य प्रत्तिकित्ता २६१४‍.२९ रुपैयाँ निर्धारण भएको छ । लघुवित्तका सेयर धनीले कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद… पुरा पढौ

प्रि ओपन सेसन-नेप्सेमा ७.६९ अंकको बृद्धि

काठमाडौं, २७ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले बढेको छ । सोमबार १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेर रोकिएको थियो । यसदिन प्रि ओपन सेसनमै नेप्से परिसूचक ७.६९ अंकले बढेर २७९२.६३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेर ५२३.४५ विन्दुमा पुगेको छ । कुल २७ कम्पनीको सेयर कारोबार भएको छ । यो समाचार तयार पर्दासम्म १३ हजार ३४६ कित्ता सेयरको खरिदबिक्रीबाट ५२ लाख… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २७ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाामा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार १०० मा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९०… पुरा पढौ

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने म्याद माघ १२ गतेसम्म थप

काठमाडौं, २७ पुस । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । अब बैंकको हकप्रद सेयरको लागि माघ १२ गतेसम्म आवेदिन सकिने भएको छ । पुस ७ गते निस्काशन गरिएको उक्त हकप्रद सेयरमा आवेदन दिने म्याद मंगलबार पुस २७ सम्म ताेकिएकाे थियाे । साे म्याद बढाएर माघ १२ गतेसम्म पुर्याइएकाे हाे । बैंकको १ः१ को अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी भएको… पुरा पढौ

नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

लण्डन, २७ पुस लण्डन । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए। “तपाईँहरूले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईँहरूलाई पनि फाइदा पुग्ने छ ।” अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए ।… पुरा पढौ

मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा सबैको हाे -राष्ट्रपति भण्डारी

काठमाडाैं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, “यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजकाे दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।” नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै उनले स्वदेश तथा… पुरा पढौ

सात दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप

काठमाडाैं, २७ पुस । अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकैकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप रु ५८ अर्बले वृद्धि भएको छ । सात दिनमा रु ५८ अर्बले निक्षेप थपिँदा रु नौ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । सङ्घका… पुरा पढौ

आज ३००औं पृथ्वीजयन्ती मनाइँदै

काठमाडाैं, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए। पृथ्वीनारायणको… पुरा पढौ