मुख्य समाचार

९ करोड रुपैयाँ पुग्यो भृकुटीमण्डपका व्यवसायीको बचत

भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा नौ करोड २७ लाख ९५ हजार ५२ रुपैयाँ जम्मा भएको छ । सहकारीको वार्षिक साधारणसभाका अवसरमा सेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी सेयर पुँजी तीन करोड २१ लाख ९२ हजार १०० रुपैयाँ पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । ३० सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुवात गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।… पुरा पढौ

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युतको योगदान महत्वपूर्ण’

काठमाडौं, २६ पुस । जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा यहाँ आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, बाढीपहिराका कारण आयोजनामा क्षति पुग्ने गरेको छ, भने लघु जलविद्युतबाट उत्पादित ऊर्जाबाट डिजेल तथा मट्टितेलको खपत न्यून गर्न तथा जीविकोपार्जनमा सहयोग पुगेकाले यी… पुरा पढौ

नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २६ पुस । नेशनल माएक्रोफाइनान्स लभुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले आजसम्म मात्रै लाभांश सुरक्षित गर्न सक्ने भएका छन् । लघुवित्तको साधारण सभा र लाभांश वितरणको प्रयोजनको लागि मंगलबार बुक क्लोज गरिने भएको छ । सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् । लघुवित्तको संचालक समितिले ४५ प्रतिशत लाभांश वितणको घोषणा गरेको थियो । जस्मा ४० प्रतिशत बोनस सेयर तथा नगद लाभांश ५ प्रतिशतसहित ४५ प्रतिशत… पुरा पढौ

सगरमाथा इन्जिनियरिङ कलेज र ‘इयुटी प्लस एलायन्स’ बीच सम्झौता

काठमाडौं, २६ पुस । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । ‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्तात् युनिभर्सिटी अफ एप्लाइड साइन्स (जर्मनी), रिगा टेक्निकल युनिभर्सिटी (लाट्भिया), टेक्नोलोजिकल युनिभर्सिटी अफ डब्लिन (आरयल्याण्ड), टेक्निकल युनिभर्सिटी अफ सोफिया (बलगेरिया), पोलिटेक्निकल युनिभर्सिटी अफ कार्ताहेना (स्पेन), टेक्नोलोजिकल युनिभर्सिटी अफ ट्रोयस (फ्रान्स) र टेक्नोलोजिकल युनिभर्सिटी अफ क्लुज नापोका (रोमानिया) छन् । अध्ययन अध्यापन तथा… पुरा पढौ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर १ को खरिददर ११८.६० पैसा र विक्रीदर ११९ रुपैयाँ २० पैसा तोकेको छ । यूरो १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ । पाउण्डस्टर्लिङ १ को खरिददर १६१ रुपैयाँ १६ पैसा तथा विक्रीदर १६१ रुपैयाँ ९७… पुरा पढौ

राष्ट्र बैंकले आज १६ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं, २६ पुस । नेपाल राष्ट बैंकले आज १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । बैंकले पुस २७ गतेदेखि २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिनका लागि रुपैयाँ २ अर्ब को ट्रेजरी बिल जारी गर्न लागेको छ । उक्त बिल माघको २५ मा परिपक्व हुनेछ । यस्तै बैंकले ९१ दिनका लागि रुपैयाँ ८ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो बिल आउने चैत्र महिनाको २९ गते… पुरा पढौ

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना

काठमाडाैं, २६ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १ मा सामान्य बदली रहि बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। साथै सुदूर पश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान पौष २६ गते  दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि… पुरा पढौ

माघ १५ गतेसम्म बिद्यालयमा बिदा दिन सिसिएमसिको सिफारीस

काठमाडौं, २५ पुस । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसि)ले भोलिदेखि लागू हुने गरि माघ १५ गतेसम्म बिद्यालयमा बिदा दिन सिफारीस गरेको छ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सिसिएमसिको आज बसेको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारीस गरेको हो । सिसिएमसि प्रवक्ता सुनिता नेपालले पुस २६ गतेदेखि लागू हुने गरी बिद्यालय बन्द गर्ने, अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस भेला हुनेगरी महोत्सव नगराउने र भीड… पुरा पढौ

कृषिप्रधान मुलुकमा पाँच महिनामै ३४ अर्बको ‘अनाज’ आयात

काठमाडौं, २५ पुस । नेपाललाई कृषिप्रधान मुलुकको नामले चिनाइन्छ । हिमाल, पहाडमा नभए पनि तराईमा प्रर्याप्त मात्रामा अन्न फल्ने हुँदा तराईलाई ‘अन्नको भण्डार’ भनेरै परिभाषित गरिएको छ । कुनै बेलामा उत्पादित खाद्यान्न अन्य मुलुकमा निर्यात गर्दै आएको नेपाल पछिल्लो चार दशकयता भने विदेशीबाट खाद्यान्न किन्दै आएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने पनि नेपालले मासिक रुपमा अर्बौं रुपैयाँको अनाज आयात गर्ने गरेको छ । भन्सार विभागका अनुसार चालू आवको पहिलो पाँच महिनामा मात्रै करिब ३४ अर्ब रुपैयाँको खाद्यान्न आयात… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन ‍(सूचीसहित)

काठमाडौं, २५ पुस । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । आगामी माघ १२ गते हुन लागेको निर्वाचनमा आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । उम्मेदवारको अन्तिम नामावलीसँगै चुनाव चिह्न पनि प्रदान गरेको छ । आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र कांग्रेस उम्मेदवारलाई रुख चुनाव चिह्न प्रदान गरेको छ । यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा… पुरा पढौ