मुख्य समाचार

अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा भित्रिए ८ हजार पर्यटक

दमौली, १७ पुस । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा ८ हजार पर्यटक भित्रिएका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार ८ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेकाे यहाका हाेटल ब्यवसायीले बताएका हुन । नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो । क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिए। “विदेशी पर्यटक पाँच÷छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए”, उनले भने… पुरा पढौ

राम्रो काम गर्दा घेराबन्दी भयो – महासचिव पोखरेल

बाँके, १७ पुस । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन । नेकपा एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे । “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ… पुरा पढौ

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, १७ पुस । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएका छन । अनलाइन पत्रकार सङ्घको ११औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले सञ्चार क्षेत्रको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्दीकरणका लागि अनलाइन पत्रकार सङ्घजस्ता विधागत संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । अनलाइन सञ्चारमाध्यमलाई पनि अन्य सञ्चारमाध्यम सरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकार… पुरा पढौ

टोखा नगरपालिका ‘राजस्व सङ्कलन र विकास निर्माणका काममा सक्रिय

काठमाडौ‌, १७ पुस । टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । टोखा नगरपालिकाको सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताए। “कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ”, उहाँले भन्नुभयो । टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उनको भनाइ छ । नगरपालिकाका… पुरा पढौ

पोषणयुक्त आहार अण्डाको बजारीकरणमा सरकारको सहयोग आवश्यक

चितवन, १७ पुस । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् । फिजिसियन डा भोजराज अधिकारीले भने, “अण्डा पोषणको प्याकेज हो ।” मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारी बताउछन् । चिल्लोपना, कार्बोहाइटेड कम… पुरा पढौ

हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित

भोजपुर, १७ पुस । भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् । लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ–५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले… पुरा पढौ

हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा

काठमाडौं, १७ पुस । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर बुझ्न अध्ययन गरिएको कार्यक्रममा जानकारी गराइएको छ । हिमाली क्षेत्रको भौगोलिक अवस्था, उत्तर–दक्षिणमा छोटो दूरीमा उचाइ परिवर्तनको कारणले तापक्रम र वर्षाको भिन्नतामा उच्च परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख गरिएको… पुरा पढौ

माओवादी महाधिवेशन : विधान पारित भएपछि नेतृत्व चयन

काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दशत्र स्थगित गरिएको जानकारी दिइएको छ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पदाधिकारी… पुरा पढौ

आइतबार मेची-महाकाली सडक उद्धार अभियान पुनः शुरु हुँदै

काठमाडौं, १७ पुस । चिसो मौसम शुरु भएसँगै सडकमा पुगेका असहाय मानिसको कष्टकर जीवनलाई मध्यनगर गरी यसपटक पनि मुलुकभर नै वेसहाराको राष्ट्रिय उद्धार अभियान शुरु हुँदैछ । नेपाललाई नै वेसहारा सडकमानव मुक्त बनाउने अभियान थालेको मानवसेवा आश्रमले गत वर्ष झैँ यसपाली पनि मेची–महाकाली सडक उद्धार अभियान चलाउन लागेको हो । त्यसको आवश्यक तयारी पूरा भएको छ । अभियानको पुर्वसन्ध्यामा कैलालीमा रात्रीकालिन सडक सेवा (उद्धार अभियान) चलाइने र आइतबारदेखि पश्चिम नेपालको महाकाली पुलबाट उद्धार अभियानको थालनी हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले… पुरा पढौ

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु

काठमाडौं, १७ पुस । ग्रेगाेरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएकाे छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगाेरिले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगाेरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउछन् । विवाद भए पनि… पुरा पढौ