मुख्य समाचार

प्रिस्किला गुरुङले चुमिन ‘मिस एयरहोस्टेज २०२१’ को ताज

काठमाडौं, १६ पुस । सिजन मिडियाद्वारा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” पाँचौँ संस्करण सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल भइन् । फस्र्ट रनरअप आशा डंगुरा र सेकेण्ड रनरअपको ताज सृजु घिमिरे भए । घिमिरेले र पपुलर अवार्ड पनि हात पारिन् । विजेताले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्कीन हस्पिटलको तर्फबाट रु २० हजारको गिफ्ट भौचर प्राप्त गर्न सफल भइन् । सिम पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी,… पुरा पढौ

पुस १७ गते टोपी दिवस मनाइँदै

काठमाडौं, १६ पुस । जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ (पुस १७) का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताए। विसं २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन टोपी दिवस मनाउन थालिएको संस्थाका सचिव ज्ञानमणि नेपालले जानकारी दिए । कोभिड–१९ को जोखिमका कारण यस… पुरा पढौ

२३ औं पोखरा ‘सडक महोत्सव’ सुरु, चौबिसै घण्टा रेष्टुरेण्ट खोलिनु पर्छ-गृहमन्त्री खाँड

पोखरा, १५ पुस । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन (रेवान) पोखराको आयोजनामा बिहिबारदेखि पोखरामा २३ औं पोखरा ‘सडक महोत्सव’ सुरु भएको छ । महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गरे । कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले सडक महोत्सवले पोखराको पर्यटन क्षेत्रलाई गतिशिल बनाएको बताए । देशभरका होटल रेष्टुरेण्ट चौबिसै घण्टा खुल्ला गर्नुपर्ने पक्षमा आफू रहेको बताउँदै उनले त्यसको थालनी पोखराबाट नै हुनुपर्ने बताए । व्यवसायी र मजदुरमाथि त्रास भन्दा पनि सहज रुपमा व्यवसाय गर्न पाउनुपर्ने वातावरणको सिर्जना गर्न पनि उनले प्रहरी प्रशासनलाई निर्देशन… पुरा पढौ

नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरमा जाने सहमति

काठमाडौं, १५ पुस । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक मर्जरमा जाने सहमति भएको छ । नबिल बैंकको सञ्चालक समितिको बैठकले एनबीसँग मर्जरमा जाने निर्णय गरेको हो । एनबी बैंकको सञ्चालक समितिमा समेत मर्जरको बारेमा निर्णय भएको बताइएको छ । मर्जर सम्झौतासँगै एनबी बैंकमा रहेको आइएफआइसीको सेयर नबिल बैंकको प्रमुख लगानीकर्ता चौधरी ग्रुपले किन्ने छ । पुरा पढौ

यी ५ कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १५ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, समिट फाइनान्स, इन्फिनिटि लघुवित्त वित्तीय संस्था तथा चिलिमे हाइड्रोपावर कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन गरिएको हो । समायोजन भएको सेयरमूल्य मञ्जुश्री फाइनान्सको ४० प्रतिशत रहेको छ । समायोजनपछि फाइनान्सको सेयरमूल्य ६७० रुपैयाँ ७१ पैसा कायम भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य ५११ रुपैयाँ ४३ पैसा कायम… पुरा पढौ

इमेलमार्फत् कुमारी बैंकलाई आयो ‘प्रणाली ह्याक’ गर्ने धम्की

काठमाडौं, १५ पुस । कुमारी बैंकलाई साउदी अरेवियाबाट अज्ञात समूहले ‘बैंकको सिस्टम ह्याक गर्ने चेतावनी’ सहित इमेल पठाएपछि राष्ट्र बैंकले उच्च सतर्कता अपनाएको छ । कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ । राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको निर्देशन दिएको छ । साउदी ग्रुप अफ कम्पनी नामबाट आएको इमेलमा बैंकको प्रणाली ह्याक गरेर पैसा लैजाने लेखिएको बताइएको छ । यता राष्ट्र बैंकले भने प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च… पुरा पढौ

लाभांश पारित गर्न गणपति लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं, १५ पुस । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्न पुस १७ गते साधारण सभा डाकेको छ । संस्थाको वार्षिक साधारण सभा तनहुँको दुलेगौंडास्थित ह्वाईटहाउस पार्टी प्यालेसमा पूर्वान्ह ११ वजे डाकिएको हो । कम्पनीको वार्षिक साधारण सभामा छलफलपछि २० प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ । जस्मा संस्थाले गत वर्ष आर्जन गरेको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांसहित २० प्रतिशत लाभांश रहेको छ । सभाबाट सेयरधनीहरुको तर्फबाट १… पुरा पढौ

धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः आवेदन माग, ११ जनाले दिए निवेदन

काठमाडौं, १५ पुस । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्षको नियुक्तिका लागि पुनः आवेदन माग गरिएको छ । छनौट समिति बनाउन नमिल्ने भन्दै अघिल्लो समिति विघटन गरेपछि अध्यक्षका लागि ११ जनाले दिएको आवेदन रद्द भएको थियो । मन्त्रिपरिषद् बैठकले नयाँ छनोट समिति बनाएपछि पुनः प्रक्रिया सुरु भएको छ । नयाँ समितिको संयोजकमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल चयन भएपछि धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि बाटो खुलेको हो । यसअघि छनौट समितिमा नै कसलाई राख्ने भन्नेबारेमा विवाद हुँदा सो… पुरा पढौ

के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ?

काठमाडौं, १५ पुस । प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी बृद्धि हुँदा प्रोस्टेटको समस्या देखापर्ने गर्दछ । यो ग्रन्थीमा समस्या हुनाले लगत्तै आफ्नो स्वास्थ्यमा विचार नगरे निम्न समस्या देखिनसक्छ ।१. प्रोस्टेटमा संक्रमण (Prostate infection)२. प्रोस्टेटको आकार बढ्नु (BPH/ BEP)३. प्रोस्टेटको क्यान्सर (Prostate Cancer) प्रोस्टेटमा समस्या भएपछि देखिने लक्षणहरु १. पिसाब छिटोछिटो लाग्ने२. पिसाब पोल्ने३. पिसाब गर्दा धाराबीच बीचमा काटिने४. धारा मसिनो हुने५. वीर्य झर्दा पोल्नेजस्तो समस्या आउने६. पिसाब रोकेर बस्न नस्कने७. पिसाब ननिख्रने८.… पुरा पढौ

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

काठमाडौं, १५ पुस । बिहीबार नेपाली बजारमा अमेरिकी डलरको खरिददर ११९‍‍.२८ रुपैयाँ कायम भएको छ । दैनिकजसो फेरबदल भइरहने विनिमयदरअनुसार आज अमेरिकी डलरको बिक्री १९९.८८ रुपैयाँमा कायम भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको लागि तय गरेको विदेशी मुद्रा सटहीदरअनुसार युरोपियन युरोको खरिददर प्रतियुरो १३४.५५ रुपैयाँ र बिक्रीदर प्रतियुरो १३५.२३ रुपैयाँ कायम भएको छ । त्यस्तै आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.१० रुपैयाँ र विक्रीदर ८६.५३ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै जापानीज ऐनको १० को खरिददर १०.३७ रुपैयाँ… पुरा पढौ