मुख्य समाचार

अमेरिकाले दिएको थप साढे ६ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं, १० पुस । अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार उपलब्ध खोपहरू विद्यालय जाने विद्यार्थीहरूका लागि प्राथमिकतामा राखिनेछ । विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभिड-१९ बाट सुरक्षित राख्नको लागि १२/१७ उमेर समूहको यो खोपले महत्वपूर्ण भूमिका खेल्ने दूताबासले जनाएको छ । उपलब्ध खोप शुक्रबार बिहान टेकुमा भण्डारणका लागि लगिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । पुरा पढौ

बैंकले ब्याजदर बढाएकोमा व्यवसायीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौं, १० पुस । बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको आरोप लगाएका हुन् । कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको महासंघको ठहर छ । उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन । लगानीमा रहेको… पुरा पढौ

लाभांश पारित गर्न नबिल बैंकले बाेलायाे साधारण सभा

काठमाडौं, ९ पुस । नबिल बैंकले लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ । बैंक संचालक समितिले प्रस्ताव गरेको ३८ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई बैंकको पुस ३० गते आव्हान गरिएको ३७औं साधारण सभाबाट पारित गरिने भएको छ । नबिल बैंक संचालक समितिले चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद लाभांशसहित ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । साधारण सभामा लाभांश वितरणको प्रस्तावलाई पारित गर्नुकासाथै अन्य उपयुक्त मानिएका बैंक तथा वित्तीय… पुरा पढौ

नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा स्वाँर चयन

काठमाडौं, ९ पाैष । नेपालमा पहिलाेपटक स्थापना भएकाे नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा महेश स्वाँर निर्बिराेध चयन भएका छन । काठमाडौंको होटल सोल्टीमा बिहिबार आयोजित एनएमएको औपचारिक सुभारम्भ कार्यक्रममा एसोसिएसनको अध्यक्षमा स्वाँर चयन भएका हुन । उनी हाल कान्तिपुर मिडिया ग्रुपका एजीएमका रूपमा कार्यरत छन । नवगठित एसोसिएसनको महासचिवमा सहप्राध्यापक डा. गोपाल थापा, सचिवमा सहप्राध्यापक सुशील अवाले र कोषाध्यक्षमा गोल्छा ग्रुपका एजीएम (मार्केटिङ) पुनम सिंहलाई चयन गरिएकाे बताइएकाे छ । अन्य बोर्ड सदस्यमा डाबर नेपालका अभय गोर्खाली, स्मार्ट पानीका सुमन शाक्य, सृजना… पुरा पढौ

हेलिकोप्टरबाट डोजर ढुवानी गरी हिमालको काखमा सडक

जाजरकोट, ९ पुस । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए। आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग… पुरा पढौ

‘भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छ’-आयुक्त चन्द

मलङ्गवा, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेका बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीविरुद्ध कठोर बन्ने बताए। “जनताको हितसँग जोडिएका र सुशासनसँग जोडिएका विषय जबसम्म देशमा सुशासन हुँदैन तबसम्म जनताको प्रगति हुन सक्दैन”, उनले भने, “जनताको प्रगति गर्नु हामी सबैको साझा कर्तव्य भएको छ ।” विकास निर्माणका काममा हरेक नागरिकले निगरानी… पुरा पढौ

ऐतिहासिक रानीपोखरी कामपालाई हस्तान्तरण

काठमाडौं, ९ पुस । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडाैं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी कामपालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरे । पोखरीको काम सम्पन्न भए पनि पोखरीबाहिर १० प्रतिशत काम अझैँ बाँकी छ । उक्त काम भने शहरी विकास मन्त्रालयले गर्नेछ । स्वामित्व हस्तान्तरण कार्यक्रमपछि प्रमुख शाक्यले रानीपोखरी पुनःनिर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए… पुरा पढौ

कांग्रेस महाधिवेशन : मतगणना सम्पन्न, शनिबार निर्वाचित भएको प्रमाण पत्र वितरण गरिने

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको सबै मतगणना सम्पन्न भएको छ । पछिल्लो मतपरिणामअनुसार केन्द्रीय सदस्य खस आर्य (महिला) छ पदमा कान्तिका सेजुवाल १८८५, चम्पादेवी खड्का १९०६, नानु बास्तोला २००१, प्रतिमा गौतम १८९१, मञ्जु खाण २१८१ र विद्यादेवी तिमिल्सिना १८२५ मतका साथ निर्वाचित भएका छन् । सो पदमा कुल ३१ जनाले उम्मेदवारी दिएका थिए । खस आर्य (खुला) सात पदमा भने केशवकुमार बुढाथोकी २११५, गेहेन्द्र गिरि १८०३, गोविन्दबहादुर शाह २०७३, नारायणबहादुर कार्की १८३६, भीम पराजुली १९४७, मधु… पुरा पढौ

सकियो पुनर्निर्माण प्राधिकरणको अवधि, जिम्मेवारी हस्तान्तरण

काठमाडौं, ८ पुस । नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । प्राधिकरणका कार्यभार, काम, संरचना र पुँजीगत विवरण सहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्दै प्राधिकरण आजदेखि बहिर्गमन भएको हो । बहिर्गमन हुनुअघि प्राधिकरणले धरहरा, सिंहदरबार, रानीपोखरी, शान्तिबाटिका, हरिहर भवन तथा नारायणी संग्रहालय अन्तर्गतको रणेद्धिप दरबारसम्बन्धी कार्य तथा केन्द्रीय आयोजना कार्यान्यवन भवन भवन, नीति, आवास अनुदान व्यवस्थापनसँग सम्बन्धित कागजात र… पुरा पढौ

नेपालको वैदेशिक व्यापार : पाँच महिनामा ७३५ अर्बकाे व्यापार घाटा, १०२ अर्बको निर्यात

काठमाडौं, ८ पुस । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पाँच महिनाको अवधीमा सात खर्ब ३५ अर्बभन्दा बढी रुपैयाँको व्यापार घाटा भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधीमा सात खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँ बराबरको घाटा भएको हो । भन्सार विभागका अनुसार पाँच महिनाको अवधीमा आठ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको विभिन्न वस्तुहरु आयात हुँदा एक खर्ब दुई अर्ब ९२ करोड पाँच लाख ७२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ… पुरा पढौ