मुख्य समाचार

रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा

काठमाडौं, १ पुस । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा दिएका हुन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले अन्तिम मत परिणाम हुनासाथ प्रधानमन्त्रीलाई राजीनामा पत्र पेश गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भीक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु ।' नेपाली कांग्रेसको महामन्त्री पदको जारी मत गणनाअनुसार… पुरा पढौ

गरिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, १ पुस । गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिनका लागि आज अन्तिम मौका रहेको छ । बैंकले मंसिर १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र आवेदनका लागि खुल्ला गरेको थियो । बैंकका अनुसार अन्तिम दिन ऋणपत्रमा आवेदन दिने समय बैकिङ समयसम्म कायम रहेको छ । बैंकले १ हजार मूल्य अंकित दरले कुल १० लाख इकाईको “गरिमा डिबेन्चर, २०८४, ८५” नामको ऋणपत्र निस्काशन गरेको हो । कुल इकाईबाट ६ लाख इकाई व्यक्तिगत किसिमले बिक्री गरिने बैंकले जनाएको छ । बाँकी रहेको… पुरा पढौ

वल्डलिंकले ल्यायाे नयाँ योजना, नेपालको औसत इन्टरनेट स्पिड ८० एमबीपीएस पुग्ने अपेक्षा

काठमाडौं, १ पुस । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलो पटक ६०० एमबीपीएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा मुलुकले ठूलो फड्को मार्न सक्ने बताइएको छ । विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबीपीएस छ । वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबीपीएस पुग्ने अपेक्षा गरिएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन… पुरा पढौ

सपोर्ट, सूर्योदय र वोमी लघुवित्तको सेयरमूल्य समायोजन

काठमाडौं, १ पुस । आज पुस महिनाको पहिलो दिन बिहिबार तीनवटा लघुवित्तको सेयरमूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको छ । यसरी सेयरमूल्य समायोजन भएका लघुवित्तहरुमा सपोर्ट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था तथा वोमी लघुवित्त रहेका छन् । तीनवटै लघुवित्तले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले उनीहरुको नयाँ मूल्य कायम गरेको हो । यी तीनवटै संस्थाको सेयरमूल्य समायोजनपछि सपोर्ट लघुवित्तको शेयरमूल्य १,७६९ रुपैयाँ २३ पैसा, सूर्योदय लघुवित्तको १,४२७ रुपैयाँ ५० पैसा तथा वोमी… पुरा पढौ

खोटाङमा धान र अलैंचीको उत्पादन घट्यो

खोटाङ, १ पुस। गत वर्षको तुलनामा यस वर्ष खोटाङमा धान उत्पादन करिब पाँच हजार मेट्रिकटन घटेको छ । जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा यस वर्ष सत प्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यो वर्ष चार हजार ६४३.२८ मेट्रिकटन उत्पादन घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा २९ हजार ७९४/३८ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा आव २०७८/७९ मा उत्पादन घटेर २५ हजार १५१.१० मेट्रिकटन मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण… पुरा पढौ

मुलुकको शोधनान्तर स्थिति रु एक खर्ब ५० अर्ब घाटामा

काठमाडौं, १ पुस । नेपालको चालू आर्थिक वर्षको पहिलो चार महिनाको भुक्तानी सन्तुलन रु एक खर्ब ५० अर्ब ३८ करोड घाटा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालू आवमा घाटामा पुगेको छ । मुलुकमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो । त्यस्तै सार्वजनिक विवरणानुसार देशको चालू खाता आवको पहिलो… पुरा पढौ

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा आज देशभर कालो दिवस मनाइँदै

काठमाडौं, १ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुआत गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका… पुरा पढौ

वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कारबाही गर्ने : मन्त्री श्रेष्ठ

काठमाडौं, १ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए। मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको जानकारी गराए । उनले वैदेशिक… पुरा पढौ

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य हुन। यसैगरी खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा… पुरा पढौ

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ११ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २९ मंसिर । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ जना अधिकृतहरुलाई मंसीर २९ गते आयोजित बिशेष समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन । सो विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बिशेष बढुवा हुनुभएका १ जना अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । गृह मन्त्रालय मन्त्रिस्तरको मंसीर १३ गतेको निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ… पुरा पढौ