मुख्य समाचार

किनअझै बनेन चावहिल-जोरपाटी-साँखु सडक ?

काठमाडौं, २९ मसिर । चाबहिल-जोरपाटी-साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन । सडक विस्तारमा भइरहेको ढिलाइले काठमाडौंको पूर्वी क्षेत्रको मुख्य यो सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गर्छ । समस्या नभएका सबै ठाउँहरुमा कालोपत्र भइसके पनि साँघुरा बस्ती भएका ठाउँमा कालोपत्र हुन बाँकी रहेको बताइएको… पुरा पढौ

इतिहासमा पहिलोपटक पोखरामा ए डिभिजन लिग हुदैं, पहिलो खेलमा मनाङ र पुलिस भिड्दै

पोखरा, २९ मंसिर । काठमाडौंमा मात्रै सिमित हुँदै आएको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता पहिलो पटक पोखरामा आयोजना हुँदैछ । लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर हुन लागेको प्रतियोगितामा पुस ३ गते पोखरा रंगशालामा मनाङ मस्र्याङदी क्लबले नेपाल पुलिस क्लबसंग खेल्ने छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्देशक सञ्जिब मिश्रले नयाँ प्रयोगका रुपमा लिगलाई काठमाडौं बाहिर ल्याएको बताए । मेची देखि महाकाली सम्म रहेका उपयुक्त रंगशालामा लिगलाई लैजान… पुरा पढौ

प्रचण्डले चन्दा नदिएको झोंकमा सेयर बजार ध्वस्त पार्ने कुरा बोले : केपी ओली

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेयर कारोबारीले चन्दा नदिएको झोंकमा शेयर बजारलाई ध्वस्त पार्ने कुरा अभिव्यक्त गरेको टिप्पणी गरेका छन् । केहिदिन अगाडी प्रचण्डले एउटा कार्यक्रममा शेयर बजारका बारेमा बोलेको नकारात्मक भनाई “शेयर बजार साम्राज्यवादको विकसित रुप हो” यस भनाईले के असर गर्छ भनेर उनले कत्ति सोचेको पाईएन, ओलीले भने । बुधबार एमालेका केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, शेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले बजार ध्वस्त बनाउने कुरा… पुरा पढौ

शेखर कोइराला भन्छन्–अब नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्छु

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिमा भएको हारलाई स्वीकार गर्दै मतमा पराजित भए पनि विचारको जित भएको बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा कोइरालाले सभापतिमा उम्मेदवारी दिएका थिए । पहिलो चरणको प्रतिस्पर्धामा दोस्रो स्थानमा आएका उनी दोस्रो चरणमा शेरबहादुर देउवासँग पराजित भए । महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सभापतिमा विजयी देउवालाई बधाइ दिनुका साथै चार वर्षे कार्यकालको सफलताको कामना गरे । पार्टीमा भागवण्डा र गुटबन्दीको राजनीति नगर्ने भन्दै उनले भने, ‘जसरी… पुरा पढौ

केयूको २७औं दीक्षान्त समारोहमा १ हजार ४४९ विद्यार्थी दीक्षित

काभ्रे, २९ मंसिर । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह आज सम्पन्न भएको छ । पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएका थिए। कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा (श्रीमती) पङ्कज मित्तलले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको उल्लेख गर्दै संस्कार, संस्कृति र सभ्यताले छिमेकीमा प्रगाढता कायम रहिरहेको बताए। सुन्दर मुलुक नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहिआएको चर्चा गर्दै दीक्षित स्नातक विद्यार्थी नै भविष्यको निर्माता हो भने । उनले… पुरा पढौ

आज कांग्रेस उपसभापति पदको मात्र मतगणना हुने

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपराह्न ४ बजेपछि मतगणना हुने बताइएको छ । निर्वाचन समितिका अनुसार उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुनेछ । मंगलबार राति सार्वजनिक मत परिणामअनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए । सोमबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो । सो मत भृकुटीमण्डपबाट पार्टी कार्यालयमा लगेर… पुरा पढौ

फेरि ओरालो लाग्यो सेयर बजार, कारोबार रकममा केही सुधार

काठमाडौं, २९ मंसिर । मंगलबार १३७ अंकले उकालो लागेको शेयर बजार एकदिनपछि आज बुधबार राताम्मै भएको छ । साताको शेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक तथा सेन्सेटिभ इण्डेक्स दुवैतर्फ गिरावट हुँदा लगानीकर्ताको मनोवल घटाएको छ । मंगलबार लगानीकर्ताहरुको संयुक्त कार्यलदलले अर्थमन्त्री जनार्दन शर्मासंग भेटघाट गरेर शेयर बजारमा देखिएको समस्या समाधान गर्नका लागि अर्थमन्त्री सकारात्मक भएको भनिए पनि बजारको लय भने आज नकारात्मक भएको छ । यसदिन नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ । नेप्से ०.१७ प्रतिशतले… पुरा पढौ

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन् : अध्यक्ष नेपाल

काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् । पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे । पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले… पुरा पढौ

चितवनमा पुस २ देखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

चितवन, २९ मङ्सिर । उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन्… पुरा पढौ

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज सम्पन्न भएकाे छ । बुधबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम भएकाे हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएकाे एमाले प्रचार विभागले जनाएको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा… पुरा पढौ