मुख्य समाचार

विद्यार्थीलाई पुस ४ गतेदेखि विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप

काठमाडाैं, २ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताए । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे । कलेजका अध्यक्ष गेहेन्द्र लामाले कितावी… पुरा पढौ

सन् २०२२ मा ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट आउने : इयू

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, २ पुस । रोपेली सङ्घ (ईयू)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ । चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ । ‘यूरोपियन सेन्टर फर डिजीज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट… पुरा पढौ

किन हुन्छ महिलालाई पाठेघरको समस्या ?

काठमाडौं, १ पुस । महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी सम्वेदनशील हुन्छ । जसकाकारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ । महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्याहरु मध्येको एक हो, पाठेघरको समस्या । विवाहित महिला हुन् या अविवाहित किशोर सबैमा पाठेघरको समस्या भएको पाइन्छ । समान्यतया ५० देखि ५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरको समस्या पैदा हुन्छ भन्ने हाम्रो प्रचलन छ । उनीहरुमा महिनावारी… पुरा पढौ

फेवातालमा सूर्यास्त

पोखराको फेवातालमा बिहीबार साँझपख देखिएको अस्ताउँदै गरेको सूर्यको दृश्य ।तस्बिर : राधिका कँडेल पुरा पढौ

दुई कम्पनीको पाैने २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १ पुस । नेपाल स्टक एक्सचेन्जमा आज दुई कम्पनीको १ करोड ७३ लाख ४१ हजार ८५४.२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेसनलको १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन्स बैंक तथा सगरमाथा इन्स्योरेन्सको आर्थिक वर्ष २०७६- २०७७ मा वितरण गरिएको कुल १ करोड ६२ लाख ४० हजार ५०८.९१ कित्ता सूचीकृत… पुरा पढौ

प्राथमिकतामा स्वास्थ्य र सूचना प्रविधिको पूर्वाधार

काठमाडौं, १ पुस । विश्वका गरिबदेखि धनी देश र हरेक वर्ग कोभिड-१९ को महामारीबाट प्रभावित छन् । दैनिक ज्याला-मजदुरी गर्नेदेखि उद्योगधन्दा सञ्चालन गर्ने हरेक क्षेत्रमा कोभिडको असर छ । नेपालले पनि तेस्रो लहरको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारीस्तरबाट सतर्कता अपनाइरहेको छ । खोपको विस्तार हुँदै जाँदा ढिलो-चाँडो कोभिड महामारीबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ । विगतको इतिहास हेर्ने हो भने २/३ वर्षपछि यस्ता महामारीबाट मुक्ति हुने आकलन गर्न सकिन्छ । सन् १९१८ को ‘स्प्यानिस फ्ल्यु’ बाट पनि संसारले २/३ वर्षमा… पुरा पढौ

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी, कसले कति मत ल्याए ?

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये सबैभन्दा बढी मत ल्याएर थापा र शर्मा विजयी भएका हुन् । यद्यपी निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । विजयी भएको गगन थापा शेखर कोइराला प्यानलबाट चुनाव लडेका हुन् भने प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्माले चुनाब लडेका थिए । सबैभन्दा बढी गगन थापाले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट,कहिले रोकिएला ओरालो यात्रा ?

काठमाडौं, १ पुस । विभिन्न समयका घटनाक्राहरुबाट गुज्रिदै लखतरान परिरहेको सेयर बजारको पुस महिनाको पहिलो दिन सुखद् भएन । पुस महिनाको पहिलो दिन बिहिबार साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार राताम्मै भएकाे छ । काराेबार रकममा पनि निकै कम भएकाे छ । लगातार ओरालो लागेको बजारको यात्राले लगानीकर्ताहरुलाई कहाँ पुर्याउने भन्ने एकिन गर्न गाह्रो भएको छ । उनीहरुले कहिले हरियाली वातावरण छाउला भनेर पर्खिनु बाहेककाे विकल्प पनि छैन । एकजना नयाँ प्रवेशीका अनुसार हामी जस्ता नयाँ र ससानाे… पुरा पढौ

केवाइसी म्यानेजमेन्ट सिस्टम लागु गर्न एनएमबि लघुबित्तले गर्यो डिजिटल एज नेपालसँग सम्झौता

पोखरा, १ पौष । एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्वन्धी सम्पुर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसंग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपाल का प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन । एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त बित्तीय संस्था नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुबित्त… पुरा पढौ

बुद्ध एयरको जहाजकाे इन्जिन फेल भएपछि भरतपुरमा आपतकालीन अवतरण

चितवन, १ पुस । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौं उडेको बिचक्राफ्ट जहाज उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको थियाे । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए । बुद्ध एयरको बीच… पुरा पढौ