मुख्य समाचार

तोरी उत्पादनमा ‘साख’ गुमाउँदै नवलपुर

नवलपुर, २९ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन । केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ । जिल्लामा उत्पादन भएको तोरीले यहाँको मागसमेत धान्न नसक्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा जिल्लामा तोरीको उत्पादन निरन्तररूपमा घट्दै गएको केन्द्रका कृषि अर्थविज्ञ वर्षा न्यौपानेले बताए । न्यौपानेका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा एक हजार… पुरा पढौ

मल्टीपर्पस फाइनान्स र बुटवल पावरकाे लाभांश घोषणा

काठमाडौं, २९ मंसिर । मल्टीपर्पस फाइनान्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई मुनाफा तथा लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कम्पनीले संचालक समितिको बैठकले १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा हाल कायम रहेको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि लाग्ने ०.५२६ प्रतिशत नगद लाभांशसहित १३.५२६ लाभांश रहेको छ । फाइनान्सको संचलक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई… पुरा पढौ

माद्यमिक तहका १५४७ जना शिक्षककाे विज्ञापन खुल्यो

काठमाडौं, २९ मंसिर । शिक्षक सेवा आयोगले माद्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने आयोगले जनाएको छ । पुरा पढौ

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, २९ मंसिर । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ । संस्थाले ३१.५७ लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्नका लागि पुस १० गते ७ औं साधारण सभा आव्हान गरेको छ । लघुवित्तको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि पुस १ गते बिहिबार बुकक्लोज गरेको जनाईएको छ । यसअनुसार बुधबार आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु लाभांशका हकदार हुनेछन्… पुरा पढौ

लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

पाल्पा, २९ मङ्सिर । लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताए । लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पु¥याउनुपर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताए… पुरा पढौ

आज सामान्यतया माैसम सफा, चिसोबाट बच्न महाशाखाको आग्रह

काठमाडौं, २९ मंसिर । आज माैसम सामान्यतया सफा रहनेछ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार पनि प्रदेश १ तथा प्रदेश २ मा आंशिक बदली… पुरा पढौ

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपराह्नपछि हुने

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपराह्नपछि मत गणना सुरु गरिने जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा… पुरा पढौ

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार

काठमाडौं, २९ मङ्सिर । नेपालमा उत्पादित भएको बिजुली आगामी वर्षदेखि बङ्गलादेशले खरिद गर्ने भएको छ । हाल खेर गइरहेको बिजुली बङ्गलादेशले खरिद गर्ने भएको हो । बिजुलीको बजार खोज्नुपर्ने बाध्यता आइपरेको बेलामा बङ्गलादेशबाट आएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीनरूपमा विद्युत्् खरिद सम्झौता (पिपिए) गर्न समेत बङ्गलादेशले गृहकार्य अघि बढाउने जनाएको छ । नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गत वर्षायाममा ५०० मेगावाट विद्युत्् खेर गएको थियो । यसबाट रु पाँच अर्ब बराबरको नोक्सान भएको छ… पुरा पढौ

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं, २९ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन्। देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन । सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरे भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त… पुरा पढौ

श्रेष्ठ र आचार्य टेलिकमको सद्भावना दूत नियुक्त

काठमाडौं, २९ मङ्सिर । मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाइ ‘महजोडी’को रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले सद्भावना दूत नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक… पुरा पढौ