मुख्य समाचार

२ लाखले भरे बर्दघाट-सुस्तापूर्वमा राष्ट्रिय परिचयपत्रको फारम

नवलपुर, २५ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम भर्नेको सङ्ख्या एक लाख ९७ हजार ३८२ पुगेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले साउनमा सञ्चालन भएको घुम्ती शिविरबाट एक लाख ८४ हजार ३३७ ले राष्ट्रिय परिचयपत्रको फारम भरेको जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा रहेको फिल्ड कार्यालयमा नै पुगेर शुक्रबारसम्म १३ हजार ४५ ले राष्ट्रिय… पुरा पढौ

दुई वर्षपछि अन्तुपोखरीमा डुङ्गा सञ्चालन

मङ्गलबारे, २५ मङ्सिर । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो । श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ । हाल पोखरीमा तीनवटा… पुरा पढौ

अपाङ्गता अधिकार ऐन कार्यान्वयन गर्नुपर्ने महासङ्घकाे माग

काठमाडौं, २५ मङ्सिर । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको ३०औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महासङ्घले आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्वन्धी ऐन, २०७४को कार्यान्वयनमा देखिएका चुनौती र कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महासङ्घले सरकारले कडाइका साथ ऐन कार्यान्वयन गर्न माग गरेको हो । महासङ्घका उपाध्यक्ष रमेश लामाले कार्यान्वयन भए नभएकाबारे सरकारले नै अनुगमन गरेर कार्यान्वयनका लागि पहल गर्नुपर्ने बताए ।… पुरा पढौ

कांग्रेसकाे १४औं महाधिवेशन : बन्द सत्र सुरु

काठमाडौं, २४ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपको हलमा आज राति करिब ९ बजेदेखि सुरु भएको छ । बन्द सत्र सुरु भएको र बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यसैगरी बन्द सत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्वन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पेश गरिएको छ… पुरा पढौ

लोकतन्त्र, राष्ट्रियता र विकासमा कांग्रेससँग सहकार्य हुनसक्छ : अध्यक्ष ओली

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले ठूला दलहरुको सहकार्यबाट मुलुकमा राजनीतिक परिवर्तन आएको र नेपालले अन्धकार युगबाट गणतन्त्रको उज्यालोसम्म आइपुगेको स्मरण गराए । ‘नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीले नै मुलुकको संविधान, विकास, राष्ट्रियता, लोकतन्त्र, सुशासन, स्थिरता, सामाजिक न्याय र समानताका प्रश्नमा सहकार्य गर्दै आएका… पुरा पढौ

नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने संस्कार छ- अध्यक्ष दाहाल

काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् । भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखिएको भन्दै खुसी लागेको बताएका थिए । भारतीय नेता हर्षबर्द्धनको जवाफमा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन रहेको बताएका हुन् । उनले मञ्चमा बसेका नेताहरुलाई देखाउँदै भने, ‘यी सबै पूर्व प्रधानमन्त्रीहरू एकले अर्कोलाई प्रधानमन्त्री बनाएका व्यक्ति… पुरा पढौ

माग पूरा नभए लोसपा विस्फोट हुन्छ : महन्थ ठाकुर

काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरु पूरा नभए लोसपा ज्वालामुखी जसरी विस्फोट हुने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले आफूहरूको असन्तुष्टि वर्तमान संविधानसँग रहेको बताउँदै संविधानको मस्यौदा सार्वजनिक गरेसँगै असन्तुष्टि सुरु भएको र त्यही बेलादेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको स्मरण गरे । अध्यक्ष ठाकुरले भने, ‘हामीहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले गोली चलायो, त्यसले धनजनको ठूलो क्षति भयो । पार्टीका सांसद रेशम चौधरी टिकापुरको घटनामा जेलमा छन् । उनको मुद्दा… पुरा पढौ

राजतन्त्र फर्किने कुनै सम्भावना छैन, बरु पूर्व राजाले पार्टी खोले हुन्छ : माधव नेपाल

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बरु पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिए । अध्यक्ष नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘अहिले कालो बादल मडारिन खोजेको छ । प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस्… पुरा पढौ

संविधान इमान्दारपूर्वक कार्यान्वयन गरे मुलुक समृद्ध बन्छ : सभामुख अधिकारी (भिडियाेसहित)

पोखरा, २४ मंसिर । 'जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार' भन्ने मूल नाराकासाथ आज ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको छ । हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । यसै सन्दर्भमा पोखरामा बिहान मानवअधिकार चोक चिप्लेढुंगाबाट सभागृहसम्म प्रभात फेरिएको आयोजना तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन गरियो । गण्डकी प्रदेश सरकार, मानव अधिकार महाभेला गण्डकी तथा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीको मूल व्यवस्थापनमा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी… पुरा पढौ

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सुरु

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन शत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको उद्घाटन शत्रमा विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित भएका छन् । महाधिवेशनको औपचारिक रूपमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रचारप्रसार विभागले जनाएको छ । पुरा पढौ