मुख्य समाचार

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

गलेश्वर, १६ मङ्सिर । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार विशेष गरी पर्यटकका लागि… पुरा पढौ

नयाँ बसपार्कलाई २४सैं घण्टा सञ्चालन गर्नुपर्छ-निरौला

काठमाडाैं, १६ मंसिर । गोङ्गबुस्थित नयाँ बसपार्कलाई २४सै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित गरेर सञ्चालन गरेको उपहार योजना वितरण कार्यक्रममा आयोजित कार्यक्रममा वक्ताले नयाँ बसपार्कलाई २४सैँ घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको बसपार्क नयाँ बसपार्कलाई २४सैँ घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “नयाँ बसपार्क २४सैँ घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्”, राज्यले आवश्यक सहयोग गर्नुपर्छ”, उनले भने… पुरा पढौ

‘कानून पालनामा राजनीतिक दल आफैं निर्देशित हुनुपर्छ’

काठमाडौं, १६ मङ्सिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल सबैभन्दा बढी जनताप्रति उत्तरदायी हुने भएकाले संविधान र कानून पालनामा आफैँ निर्देशित हुन जरुरी रहेको बताएका छन् । निर्वाचन पर्यवेक्षक समिति नेपाल इओसी–नेपालद्वारा आयोजित ‘प्रभावकारी कानूनी व्यवस्था र राजनीतिक दलको अनुगमन’ विषयक अन्तरक्रियतामा उनले सबैले राम्रो ढङ्गले कानून मान्ने हो भने नियमनको बहस आवश्यक नपर्ने धारणा राखे। प्रमुख आयुक्त थपलियाले भने, “अरुलाई सुशासन र अनुशासन सिकाउने दलहरूका लागि उनीहरूका आन्तरिक नियन्त्रण र स्वमूल्याङ्कन जरुरी छ कि बाहिरबाट यो वा… पुरा पढौ

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

टोकियो १५ मङ्सिर । जापानले ओमिक्रोन भाइरस भेरियन्टको कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’ , यातायात मन्त्रालयका एक अधिकारीले बताए, विद्यमान बुकिङमा असर नपर्ने पनि उनले बताए ।… पुरा पढौ

२ करोड लगानीकाे क्लासिक चुलो पाेखरामा सञ्चालन हुँदै

पोखरा, १५ मंसिर । नेपाली खाना र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरामा २ करोड रुपैयाँ लगानी रहेको क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युट छिट्टै सञ्चालनमा आउने भएको छ । मंगलम हस्पिटालिटी प्रा.लि.द्धारा सञ्चालित चुलो आगामी माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । परम्परागत नेपाली खानाका पारखीलाई लक्षित गरी पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको पाँचौ तलामा चुलो सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष खेमप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेपालको पर्यटन क्षेत्रमा नयाँपन दिने उद्देश्यसहित सात महिना अगाडी… पुरा पढौ

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा छायो हरियाली

काठमाडौं, १५ मंसिर । केहि दिनको करेक्सनपछि शेयर बजार सकारात्मक लयमा फर्किन लागेको संकेत मिलेको छ । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक तथा सेन्सेटिभ इण्डेक्स दुबैमा सामान्य बृद्धि भएको छ । गएको शुक्रबार नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपछि लगानीकर्तामा चीसो पसेको थियो । बैंकले शेयर कर्जामा तोकेको ४÷१२ नीतिमा परिवर्तन नगरेपछि त्यसको प्रभाव शेयर बजारमा परेको थियो । यसदिनको नेप्सेको उकालो लागेको यात्राले… पुरा पढौ

अन्तर्राष्ट्रिय क्षेत्रमा भएकाे मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट : मन्त्री यादव

ललितपुर, १५ मङ्सिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रियजगतमा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताएका छन् । नेपाल कृषि पत्रकार महासङ्घले आज आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा खरिद ऐन पुरानै रहँदा सोले पनि असर गरिरहेको बताए । उनले भने, “कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि हासिल हुँदैन, मुलुकमा रासायनिक मलको अभाव हुन नदिन मल कारखाना स्थापना गर्न प्रयास गरिरहेका छाै ।” सातै प्रदेशमा मलखादको गोदाम निर्माण गरी… पुरा पढौ

रेडक्रस काभ्रेलाई रगतको प्लाज्मा छुट्याउने सेन्ट्रिफ्युज मेसिन हस्तान्तरण

काठमाडौं, १५ मङ्सिर । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ । तीस लाख बराबरको सो उपकरणले दाताबाट सङ्कलित रगतलाई प्लाज्मा, प्लेटलेटलगायत विभिन्न तत्वमा विभाजन गर्न सहयोग पुर्याउँदछ । यसबाट काभ्रेको रक्तसञ्चार सेवा थप प्रभावकारी हुने बताइएको छ । डेनिस रेडक्रसका सहयोगमा काभ्रेमा सञ्चालित ‘समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ मार्फत ती उपकरण प्राप्त भएको जनाइएको छ । डेनिस रेडक्रसका देशीय प्रतिनिधि यान एरिक, नेरेसो विपद् व्यवस्थापन विभागका… पुरा पढौ

२० महिनापछि नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लोर उडान गर्दै

काठमाडौं, १५ मङ्सिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुरु हुने भएको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिए ।… पुरा पढौ

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, १५ मंसिर । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम माौका रहेको छ । संस्थाको संचालक समितिले ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । लघुवित्तको मंसिर २२ गते चौथो वार्षिक साधारण सभा बोलाईएको छ । सभामा ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गरिने भएकोले त्यसको प्रयोजनका लागि मंसिर १६ गतेदेखि बुक क्लोज गरिने भएको छ । आजसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने छन् ।… पुरा पढौ