मुख्य समाचार

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सउल, १५ मङ्सिर । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा… पुरा पढौ

एकता र विभाजनको मनोविज्ञानलाई समाहित गर्दै सकियो एमाले महाधिवेशन

सौराहा, १५ मङ्सिर । आम राजनीतिक चासोकाबीच चितवनको सौराहमा सम्पन्न नेकपा एमाले को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ । महाधिवेशनले पूर्ववत् एमाले, नेकपा माओवादी केन्द्र बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको छ । महाधिवेशनपछि एकता, ऊर्जा र सङ्कल्पको भावना बोकेर प्रतिनिधि फर्कन थालेका छन् । कूल ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला, अन्य जातजातिगत प्रतिनिधित्वसहित अधिकांश युवा अनुहारको प्रवेशले पनि एमालेभित्र ऊर्जा उत्पन्न भएको मानिएको छ । तत्कालीन नेपाल… पुरा पढौ

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामा सम्पन्न

चितवन, १५ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिए । पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही… पुरा पढौ

सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कस्काे इजलासमा कति मुद्दा ?

काठमाडौं, १५ मङ्सिर । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो । उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् । कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा छन् ? न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको… पुरा पढौ

एमाले महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित(सूचीसहित)

चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निविरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५÷२५ जना निर्विरोध निर्वाचित भए । एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली तथा विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित भए । यसैगरी प्रदेश नं २ मा खुलातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु… पुरा पढौ

एमालेका नवनिर्वाचित अध्यक्ष ओली र पदाधिकारीको सपथ

चितवन, १४ मङ्सिर । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको सपथ गराएका छन । अन्य पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले सपथ गराए । कूल खसेको २ हजार ९६ मत मध्ये अध्यक्ष ओलीले १ हजार ८३७ मत प्राप्त गर्नुभएकाे पार्टीको केन्द्रीय निर्वाचन… पुरा पढौ

त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने शिक्षामन्त्री पौडेलकाे उद्घाेष

काठमाडौँ, १४ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गरिने बताएका छन । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो । त्रिभुवन विश्वविद्यालय सभाको बैठकमा बाेल्दै “प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउन र शिक्षक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिए । उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस… पुरा पढौ

राष्ट्रिय वाणिज्य बैंकको शाखा कमलविनायकमा

भक्तपुर, १४ मङ्सिर । राष्ट्रिय बाणिज्य बैंकले भक्तपुरकाे कमलविनायकमा शाखा खाेलेकाे छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शाखाको आज उद्घाटन गरेका छन । कार्यक्रममा प्रमुख प्रजापतिले विसं २०२२ माघ १० गते स्थापना भएर नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासका लागि बैंकले उपयोगी कदम चाल्दै जानुपर्ने बताए । बैंक तथा वित्तीय संस्था राज्य व्यवस्थाको स्नायु केन्द्रका रुपमा रहेको चर्चा गर्दै उनले लामो समयदेखि… पुरा पढौ

फराकिलो मतान्तरसहित एमाले अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित

चितवन, १४ मंसिर । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेकाे पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताए । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गएराति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा… पुरा पढौ

१.६४ अंकले घट्यो नेप्से, सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले बढ्यो

काठमाडौं, १४ म्रसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि शेयर बजारको स्वरुप उल्लासमय देखिएन । तर सुधारको संकेत आउन थालेको होकि भन्ने आकलन लगानीकर्ताले गरेका छन् । नेप्सेमा आज सामान्य गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स थोरै बढेको छ । यसदिन कारोबार रकमले भने उचाई लिन सकेन र अघिल्लो दिनकाे तुलनामा कम नै देखियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से १.६४ अंकले घटेर २६२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने… पुरा पढौ