काठमाडौ, १६ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोससहितको प्रतिनिधिमण्डलबीच बैंकले लगानी गरेका विकास परियोजनाको प्रगति समीक्षा एवं प्रभावकारीताबारे छलफल भएको छ । मन्त्री श्रेष्ठसँग भएको बैठकमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी तुल्याउने, त्यसलाई दिगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्ष्यित वर्गका लागि उपयोगी पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्ने सम्बन्धमा विचारविमर्श भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।…
पुरा पढौ