मुख्य समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ वि १ को दोस्रो क्याविनेट मिटिङ आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुदैं

काठमाडौं, १४ मंसिर । लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको दोस्रो क्याविनेट मिटिङ आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुने भएको छ । विश्वको सबैभन्दा ठूलो यो डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङको विजनेस सेशन मंसिर १७ गते शुक्रबार २ बजेबाट स्काई रेष्ट्रो सामाखुसीमा हुनेछ । त्यस्तै दोस्रो क्याविनेट मिटिङको प्लेनरी सेशन भने प्रज्ञा भवन कमलादीमा शनिबार हुने दोस्रो क्याविनेट मिटिङका संयोजक लायन आर वी अधिकारीले बताएका छन । शनिबारको दाेस्राे क्याविनेट मिटिङको दिन विहान साढे ७ बजे भृकुटी मण्डपबाट प्रज्ञा भवनसम्म परेड… पुरा पढौ

एमाले महाधिवेशन : १ बजेपछि मतगणना, गणना सुरु भएको २ घण्टामा परिणाम

चितवन, १४ मंसिर । सौराहमा जारी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए। बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ… पुरा पढौ

निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल

भरतपुर, १४ मङ्सिर । नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उनले घोषणा गरे । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि… पुरा पढौ

निर्वाचनमा पर्चाहरु बाँडिदैन र ? कुनै अनौठो होईन : महासचिव पोखरेल

चितवन, १४ मंसिर । तपाँईहरुले के कुरा बुझिदिनु पर्यो भने निर्वाचनमा पर्चाहरु बाँडिदैन र ? नबाँडेको कुनै निर्वाचन छ र ? यो कुनै अनौठो कुरा होईन र म मान्दिन पनि । प्रसंग चितवनमा जारि नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचनको हो । यो कुरा विभिन्न कोणबाट सकारात्मक, लोकतान्त्रिक पद्धतिलाई अंगिकार गरिएको भनेर पनि भनिएको छ । अर्कोतर्फ संस्थापन पक्ष हावि भयो प्रतिद्वन्दि डा भीम रावललाई भोट नदिनु भन्दै पर्चा बाँडियो भनेर हल्ला पनि गरिएको छ । महाधिवेशनमाका बारेमा बाहिर आएको हल्ला… पुरा पढौ

देशमा पुनर्बीमा सम्भव नभए मात्रै विदेशी कम्पनीमा जान समितिकाे निर्देशन

काठमाडौं, १४ मङ्सिर । राष्ट्रिय हित हेरेर दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरेको भन्दै बीमा समितिले आपत्ति जनाएको छ । समितिले सम्भव भएसम्म देशभित्रै पुनर्बीमा गर्न र सम्भव नभए मात्रै विदेशी कम्पनीमा जान निर्देशन दिएको छ । नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा रहेको र हिमालयन री इन्सुरेन्स कम्पनी सञ्चालनको तयारीमा छ । पुनर्बीमामा एकाधिकार अन्त्य भएको तथा देशभित्रै दुई कम्पनी सञ्चालनमा रहेकाले सकेसम्म देशभित्रै पुनर्बीमा गर्न दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरिएकामा समितिले दुःखेसो जनाएको छ ।… पुरा पढौ

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान

चितवन, १४ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्षनेताले मतदान गरिसकेका छन् । विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ । त्यस्तै… पुरा पढौ

चाँदी आयातमा सीमा निर्धारण, एक पटकमा ३५ हजार अमेरिकी डलर बराबर सटही सुविधा

काठमाडौं, १४ मङ्सिर । चाँदी आयातका लागि एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको सीमासम्ममा मात्रै सटही सुविधा उपलब्ध हुने भएको छ । नेपाल राष्ट्र बैंकले भनेको छ, ‘चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।’ सुनचाँदीको कारोबार तथा आयात निर्यात गर्न विधिवत् दर्ता भएका र इजाजत लिएका नेपाली सुनचाँदी व्यवसायीले खुला बजारबाट आयात इजाजत व्यवस्थाअनुसार बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड वाई प्रतीतपत्रको माध्यमबाट मात्रै आयात… पुरा पढौ

नाम जनताको जलविद्युत्, काम औसतमा ढिलाई

काठमाडौं, १४ मङ्सिर । सरकारले विशेष प्राथमिकताका साथ जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका तीन जलविद्युत् आयोजनामा आशातीत प्रगति हुन सकेको छैन । रसुवामा आयोजना स्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटकपटक स्थलगत निरीक्षण गरेर निर्देशन दिए पनि आयोजनाको काम प्रभावकारी हुन सकेको छैन । नेपालको जलविद्युत् क्षेत्रमा एउटा उदाहरण बनेको चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ती आयोजनाबाट कहिले विद्युत् उत्पादन… पुरा पढौ

म्याग्दी जिप दुर्घटनाः वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दी, १४ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन् । उनीहरु सवै बेगका बासिन्दा हुन् । गौमाया रघुगङ्गा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक… पुरा पढौ

एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि सुरु हुने

भरतपुर, १३ मङ्सिर । नेकपा (एमाले) को दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै सुरु हुनेभएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो । कार्यतालिकाअनुसार दिउँसो ३ बजेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिनेछ । उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन्… पुरा पढौ