मुख्य समाचार

एमाले १० औं-राष्ट्रिय महाधिवेशन: विहान ८ बजेदेखि निर्वाचन सुरु हुने

भरतपुर, १३ मङ्सिर । नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली… पुरा पढौ

नाडाको अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको पोखरामा अन्तरक्रिया, पाेखरेली अटाे ब्यवसायीकाे साथ थापा प्यानललाई

पोखरा, १२ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी मंसिर २३ र २४ गते हुन गइरहेको ४५ औँ साधारण सभा तथा अधिबेशनमा पाेखराका स्थापित अटो ब्यवसायी ध्रुब थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको उमेद्वारहरुको पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। 'अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार भएका छन । थापा… पुरा पढौ

एमालेकाे दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र साँझ ७ बजेदेखि

भरतपुर, १२ मङ्सिर । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु भएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु भएकाे एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिए। अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताए। उनले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पारे । एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ… पुरा पढौ

एमाले महाधिवेशनः दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली

सौराहा, १२ मङ्सिर । नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन अपरान्ह सम्ममा समेत सुरु हुन सकेको छैन । प्रतिनिधि बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरिसकेका छन् भने पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुटेका छन् । केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यका आकाङ्क्षी प्रतिनिधिकाबीच मत माग्नतिरभन्दा अध्यक्ष ओली र उनी निकटका शीर्ष नेतालाई आफ्नो… पुरा पढौ

मौद्रिक नीतिको समिक्षापछि शेयर बजारमा गयो पहिरो, लयमा कहिले फर्किएला ?

काठमाडौं, १२ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिनमै आईतबार आज लगानीकर्ताहरुले पहिलो गासमै ढुंगा लागेको अनुभूति गरेका छन् । शेयर बजार राताम्मै भएको छ । फेरि एक पटक उनीहरुले सोच्न वाध्य भएका छन् कि शेयर बजार कहिले लयमा फर्किएला ? नेपाल राष्ट्र बैंकले गएको शुक्रबार चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको थियो । लगानीकर्ताले त्यसैको असर शेयर बजारमा परेको आकलन गरेका छन् । मौद्रिक नीतिको त्रैमासिक समिक्षामा राष्ट्र बैंकले सिडी रेसियोमा लचिलोपन… पुरा पढौ

१ हजार ३५५ फर्महरू कारवाहीमा ७१ लाख राजस्व सङ्कलन

काठमाडौं, १२ मङ्सिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारवाही गर्दा रु ७१ लाख १० हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशक हरि पँगेनीले जानकारी दिनुभयो । उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत… पुरा पढौ

स्याटेलाइट कम्पनी (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज

काठमाडौ‌, १२ मङ्सिर । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो । कात्तिक… पुरा पढौ

उकालो लाग्दै सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं, १२ मंसिर । साताको पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउमा उतार चडाव देखिएकाे । छापावाला सुनमा बृद्धि तथा चाँदीमा गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला… पुरा पढौ

लाभांश अनुमोदन गर्न प्राइम बैंकले डाक्याे साधारण सभा

काठमाडौं, १२ मंसिर । प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्ताव गरिएको लाभांश अनुमोदनका लागि पुस महिनाको ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको १४ औं साधारण सभा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उक्ता दिन पूर्वान्ह ११ वजे आव्हान गरिएको छ । अहिले पनि काेरोना भाईरसको संक्रमणको खतरा जिवितै रहेकोले साधारण सभा अनलाइनमार्फत हुने भएको छ । बैंकको हाल कायम रहेको चुक्ता पूँजीको १६.६३ प्रतिशत लाभांश सभाबाट अनुमोदन भएपछि वितरण गरिने भएको छ । १६ प्रतिशत बोनस शेयर… पुरा पढौ

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, १२ मंसिर । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज आईतबार अन्तिम मौका रहेको छ। बैंक संचालक समितिले लाभांश वितरणका लागि मंसिरको २७ गते १५ औं वार्षिक साधारण सभा डाकेको छ । १३.५ प्रतिशत लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १३ गतेदेखि बुक क्लोज गर्ने जानकारी गराएको छ । बैंकका अनुसार आईतबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ लाग्ने ३.५ प्रतिशत नगद लाभांशसहित १३.५ प्रतिशत लाभांश पाउने भएका छन् । साथै उनीहरु… पुरा पढौ