मुख्य समाचार

एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी, अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा

चितवन १३ मङ्सिर । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका कारण उनीहरुबीच प्रतिस्पर्धा हुने भएको छ । छ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यततर्फ भौगोलिक क्षेत्रअनुसार प्रदेश १ खुला… पुरा पढौ

लगातार नेप्सेमा करेक्सन, कहिले उकालो लाग्ला ?

काठमाडौं, १३ मंसिर । साताको शेयर कारोबार हुने दोश्रो दिन आज सोमबार पनि लगानीकर्ताहरुको मन अमिलो भएको छ । शेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक र सेन्सेटिभ इण्डेक्स तल झरेको छ । यसदिन कारोबार रकममा पनि गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेपछि आईतबार नै त्यसको शेयर बजारमा असर देखिएको थियो । शेयर बजारको लय बिग्रनुमा यसको प्रभाव पनि हो भने बजारमा भएको तरलताको कारण पनि भएको यसक्षेत्रका… पुरा पढौ

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन नेपालमा निगरानी सुरु

काठमाडौं, १३ मङ्सिर । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए। “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक्ता डा अधिकारीले भने, “तर हामी… पुरा पढौ

‘आरोग्य शहर’अभियानमा धुलिखेल नगरपालिका, नगरलाई कोइलामुक्त बनाइदैं

काभ्रेपलाञ्चोक, १३ मङ्सिर । धुलिखेल नगरपालिकाले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्कटल्याण्डको ग्लास्गो सहरमा नोभेम्बर पहिलो साता आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा सुनाए । नगरपालिकाले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा पोलिटले खबर सुनाएको भोलिपल्टै विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरे । नगरपालिकाको यस्तो अभियानले विश्वलाई नै ‘एउटा उदाहणीय पाठ’ सिकाएकाेमा चर्चा कमाइरहेको धुलिखेल हाल ‘आरोग्य सहर’ अभियानमा छ… पुरा पढौ

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १३ मंसिर । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्नका लागि आh सोमबार अन्तिम मौका रहेको छ । लाभांश पाउनका लागि दुबै कम्पनीका शेयरधनीहरुले सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार गरी कायम भएको हुनुपर्ने भएको छ । यसबाट उनीहरुले साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् । मेगा बैंक मेगा बैंक नेपालले मंसिरको २८ गते काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ औं साधारण सभा आव्हान गरेको छ । साभा… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, १३ मंसिर । साताको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ घटेको छ । चाँदीकाे भाउमा भने सामान्य बृद्धि भएको छ । यसदिन छापावाला सुनको भाउमा रुपैयाँ १०० ले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आईतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन… पुरा पढौ

अब गङ्गालाल अस्पतालमा पीसीआर परीक्षण शुल्क १ हजार मात्र

काठमाडौं, १३ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह एक हजार मात्र कायम गरिएको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा पीसीआर परीक्षण बापत लिइएको शुल्कमा एकरुपता कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो । गङ्गालाल अस्पताल सञ्चालक समितिको अध्यक्षका हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पीसीआर परीक्षण शुल्क रु एक हजार ७०० लिँदै… पुरा पढौ

अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित, ओली र रावलकाे उम्मेदवारी दर्ता

सौराहा, १३ मङ्सिर। नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा रावलले उम्मेदवारी फिर्ता नलिने बताए । यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् । यसबाहेक सबै पदमा यसअघि घोषणा भएबमोजिम उम्मेदवारी परिरहेको छ । बन्दसत्रमा… पुरा पढौ

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

डोटी, १३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने जानकारी दिए । मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय सङ्घीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामह नियमसङ्गत… पुरा पढौ

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका कारण निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

नवलपुर, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको सङ्ख्यामा तीन दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए । “कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग… पुरा पढौ