वालिङ, ५६ कात्तिक, स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । ‘मानव संशाधनको विकास समृद्धिको निकासःसमृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन सुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि गर्नुका…
पुरा पढौ