मुख्य समाचार

सरकारका सय दिन : सन्तुलित छिमेक र सक्षम परराष्ट्र नीति

काठमाडौ‌, ४ कात्तिक । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएकाे छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब एक घण्टा लामो टेलिफोन वार्ता भएको थियो । सो वार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हितमा लामो छलफल भएको थियो । खड्का परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनका विदेशमन्त्रीसँग यो पहिलोपटक छलफल भएको हो । यस छलफलका क्रममा दुई देशकाबीचको सीमा व्यवस्थापन, व्यापार तथा वाणिज्य, विकासका आयोजनाका साथै कोभिड–१९ को महामारीमा… पुरा पढौ

सामलिङ पावरको रु ७ करोड ३० लाखकाे आइपिओ बिक्री खुल्ला

काठमाडौं, ४ कात्तिक । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को शेयर बिक्री खुल्ला गरेको हो । निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको छ लाख ७८ हजार… पुरा पढौ

प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा

डोटी, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरुको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । उनले भने, “बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाइँहरुले प्रभावितलाई चुस्त रुपमा सेवा दिनुहोला ।” आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री देउवाले… पुरा पढौ

अवरुद्ध सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा

वालिङ, ४ कात्तिक । अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा आज बिहान ३ः३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो । उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै… पुरा पढौ

बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

काठमाडौं, ४ कात्तिक । बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३÷१३ जनाको मृत्यु… पुरा पढौ

बागलुङमा शुरू भयाे ड्रागन फ्रुटको व्यवसायिक खेती

गलकोट, ४ कात्तिक । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यवसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन । कोरियामा ४ वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गरेका छन् । उनले रु २० लाख लगानीमा… पुरा पढौ

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड नपुग

काठमाडौं, ४ कात्तिक । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रकम नपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गरेका छन् । मन्त्री पौडेललाई बुझाइएको विवरण अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार ५६४, निर्माण व्यवसायीमार्फत ३७७, गैरसरकारी संस्थाबाट ७०३ गरी छ हजार ६४७ विद्यालय पुनःनिर्माण भएका छन्… पुरा पढौ

युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’ वीरगञ्जमा

वीरगञ्ज, ४ कात्तिक । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो । उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको तयारी गएिको मञ्चका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए । सम्मेलनमा देशका विभिन्न स्थानबाट १५० महिला उद्यमी सहभागी हुने छन् । सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा सङ्घर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका… पुरा पढौ

सरकारले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने

काठमाडौं, ३ कात्तिक । सरकारले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले अविरल वर्षाले देशका विभिन्न भागमा गएको बाढी पहिरो र डुबान पीडितहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो। बैठकमा घरवार बगाएर बिचल्लीमा परेकालाई प्रति परिवार ५० हजार दिने निर्णय भएको बताइएकाे छ।  राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका  कार्यकारी प्रमुख डा. अनिल पोखरेलका अनुसार बुधबार मध्यान्नसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको छ । बैठकले उद्धार र राहत कार्यलाई पनि… पुरा पढौ

एमालेले चाह्यो भने सरकार एक हप्तामै ढल्छ : अध्यक्ष ओली

काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारलाई एक हप्तामा ढाल्न सक्ने क्षमता आफुहरुसँग रहेको दावी गरेका छन् । सरकारबाट बर्हिमगन भएपछि पार्टीका विभिन्न गतिविधिहरुलाई निरन्तरता दिएका अध्यक्ष ओलीले आफुहरुले चाहेको खण्डमा सरकार एक हप्तामा ढल्ने बताए पनि तत्कालै उक्त कदम नउठाउने स्पष्ट पारे । आज काठमाडौंमा बागमती प्रदेश अधिवेशन आयोजक कमिटिले आयोजना गरेको पहिलो बैठकमा ओलीले भने, सरकार ढाल्ने हो भने त एक हप्ताभन्दा बढी लाग्दैन अहिलेको सरकार ढल्छ एमालेले चहेको खण्डमा । ओलीले… पुरा पढौ