मुख्य समाचार

बाढीपहिराे पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

महेन्द्रनगर, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिराे पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताए। “सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढीपहिराले ठूलो क्षति पुरयाएको छ”, प्रधानमन्त्री देउवाले भने, “सिमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ।” मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उनले बाढीका कारण पूर्वाञ्चल लगायत देशभरका… पुरा पढौ

न्यादी हाइड्रोपावरको आज आइपिओ बाँडफाँट

काठमाडौं, ५ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

कठमाडौं, ५ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य नेपाल स्टक उक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेपछि बैंकको शेयरमूल्य शुक्रबार नेप्सेमा समायोजन भएको हो । नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयरमूल्य समायोजन गरेको हो । नेप्सेमा समायोजन भएपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ३३४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । बिहिबारको अन्तिम कारोबार प्रतिकित्ता ३६८ रुपैयाँ रहेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते काठमाडौं लैनचौरस्थिर लैनचौर ब्यांकेटमा १७ औं साधारण… पुरा पढौ

देशभर फेरी आंशिकदेखि सामान्य बदली र वर्षा

काठमाडौं, ५ कात्तिक । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सात टावर तयार

दमौली, ५ कात्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात टावर निर्माण सम्पन्न गरिएका छन् । कूल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने छवटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि… पुरा पढौ

एमालेको महाधिवेशन चितवनमा हुने, थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी

काठमाडौं, ५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन बाग्मती प्रदेशको चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि सो महाधिवेशन लुम्बिनी प्रदेशको बुटलवमा हुन सक्ने जनाइएकाेमा पार्टीको आठौँ महाधिवेशन पनि सोही स्थानमा भएकाले फरक स्थानमा गर्न माग उठेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म नयाँ नेतृत्व चयनका लागि महाधिवेशन तय गरिएको छ । पार्टीको बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आफ्नो प्रदेशमा महाधिशन गर्न नेतृत्वलाई आग्रह गरेको थियो । एमालेको आज भएको… पुरा पढौ

बहुमूल्य धातुबाट निर्मित दुई अर्ब ५० करोड लागतको बुद्धमूर्ति भैरहवा विमानस्थलमा

रुपन्देही, ५ कात्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने जनाइएको छ । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो । एक हजार ८०० किलो तौल… पुरा पढौ

उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइनेछः प्रधानमन्त्री देउवा

बझाङ, ४ कात्तिक । बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको मृत्यु र २१ जना बेपत्ता रहेकाले उनीहरुको खोजी र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकालाई घर निर्माण तथा पुनःबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल… पुरा पढौ

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन: अध्यक्ष तिमिल्सिना

पर्वत, ४ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य निर्माण गर्नका लागि सुरुमा राजनीतिक स्थायित्व अपरिहार्य हुने बताए। अध्यक्ष तिमिल्सिनाले लामो समयको सङ्घर्ष र आन्दोलनपछि पनि नेपालमा राजनीतिक स्थायित्व र स्थायी शान्ति कायम हुन नसकेको उल्लेख गर्दै दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण मुलुकले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न नसकेको बताए। मुलुकमा गणतन्त्र आइसकेको अवस्थामा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, सानिमा बैंकले गर्यो २७ करोड बढीको कारोबार

कठमाडौं, ४ असोज .अघिल्लो दिन हरियाली छाएको शेयर बजारमामा साताको कारोबार हुने अन्तिम दिन बिहिबार राताम्मै भएको छ । १३ उपसमूहमध्ये दुई बाहेक ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । कारोबार रकममा पनि खासै प्रगति भएको देखिएन । नेप्सेमा भईरहेको निरन्तरको गिरावटले लगानीकर्ताहरु निरास भएका छन् । यसदिन नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको छ । उता सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा रहेको छ… पुरा पढौ