मुख्य समाचार

वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

वालिङ, ३१ असोज । स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७, ०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत रु १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए। नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी छ हजार ६२८ जनालाई… पुरा पढौ

साफ च्याम्पियनसिप उपाधि चुम्न चुक्यो नेपाल, भारतसँग ३–० ले पराजित

काठमाडौं, ३० असोज । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । पुरा पढौ

लामो झोलुङ्गे पुलले फेरियाे अदुवाबारी

गलकोट, ३० असोज । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबरी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको हुन्थ्यो । खेतपाती हुने स्थानमा बाँदरको बिगबिगीका कारण अदुवा मात्रै खेती गरेका कारण अदुवाबारी भएको उक्त स्थानको अहिले मुहारै फेरिएको छ । यहाँ यही पुलकै कारण पर्यटककको घुइँचो पनि लागेको छ । तीतेपातीले भरिएको अदुवाबारी अहिले व्यावसायिक आयआर्जनको गतिलो थलो बनेको छ । बागलुङको बाङ्गेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी… पुरा पढौ

दसैंको टीकासँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्दै

काठमाडाैं,३० असाेज । दसैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा दसैंको टीकासँगै चहलपहल बढ्न थालेकाे छ । दसैंको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैंको टीका लगाउने चलन छ । काठमाडौं उपत्यकामा पनि दसैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दसैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ… पुरा पढौ

मनकामना केबुलकार आजदेखि सञ्चालनमा

मुग्लिन, ३० असोज । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । विगतका वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका… पुरा पढौ

आजदेखि बदली र वर्षाको सम्भावना, न्यून चापीय प्रणाली विकसित हुँदै

काठमाडौ‌, ३० असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन,चट्याङ,हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा बिहानदेखि घाम लागे… पुरा पढौ

गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ नगरपालिका

वालिङ, ३० असोज । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार कार्य भइरहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए। “विश्व समुदायले आधुनिक प्रविधिहरुको उच्चतम प्रयोगबाटै नयाँ नयाँ आविष्कारहरु गर्दै अगाडि बढिरहेका छन्”, प्रमुख खाँणले भन, “स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक… पुरा पढौ

साफ च्याम्पियनसिपको फाईनलमा नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं, ३० असोज । नेपाली फुटबल टीमका लागि आजको दिन ऐतिहासिक अवसर पाएको दिन हो । साफ च्याम्पियनसिपमा बलियो पकड मानिएको भारतीय फुटवल टीमलाई फाइनलमा हराउन सके नेपाली टीमले साफमा इतिहास रच्नेछ । उसो त नेपालले साफ च्याम्पियनसिपको फाइनलमा गएर इतिहास बनाइसकेको छ । यदि फाइनलमा नतिजा आफ्नो पक्षमा पार्यो भने इतिहास नै बनाउने छ । यसभन्दा अघि नेपाल फाइनलमा पुगेको थिएन । नेपालले राउण्ड रोबिनको आधारमा खेलाईएको खेलमा दुईमा जित हात पारेको थियो । एउटा खेल बरारी खेलेको थियो… पुरा पढौ

विश्व खाद्य दिवस-“स्वस्थ भविष्यको लागि सुरक्षित खाना” नाराकासाथै मनाईंदै

काठमाडौं, ३० असोज । “स्वस्थ भविष्यको लागि सुरक्षित खाना” नाराकासाथ आज विश्वभरी ४१औं विश्व खाद्य दिवस मनाईंदै छ । खाद्य संकट तथा भोमरीकाविरुद्ध लड्नका लागि साझा प्रतिवद्धतासंगै विश्वभरी विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रको अंगिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेपछि सन् १९८१ बाट दिवस मनाउन थालिएको हो ।नेपाल सन् १९५१ नोभेम्वरमा खाद्य तथा कृषि संगठनको सदस्य राष्ट्र भएको हो । सन् १९८१ मा “उब्जनी बढाऔं, सन्तुलित खाना खाऔं” नाराकासाथ पहिलो पटक खाद्य दिवस… पुरा पढौ

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

भादगाउँ, ३० असोज। धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ । जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ । घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें,… पुरा पढौ