मुख्य समाचार

फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

काठमाडौ‌, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकाेमा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिइन । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको… पुरा पढौ

सामाजिक न्यायसहितको विकास आजको आश्यकता : बराल

पोखरा, २८ असोज । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री रामजीप्रसाद बरालले प्रदेशका बहुवर्षीय आयोजनाका कार्यक्रम स्रोत अभावले हाललाई स्थगित मात्र गरिएको जानकारी दिएका छन् । भरतपोखरी विकास मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अघिल्लो सरकारले ल्याएको बहुवर्षीय आयोजनाका बजेट काटिएको छैन्, बजेट अभावले हाल स्थगित मात्र गरिएको छ ।” मन्त्री बरालले सामाजिक न्यायसहितको विकास आजको आवश्यकता भएको पनि बताए । नेकपा एमालेका नेता रश्मी आचार्यले देश विकासमा साझा धारणाको आवश्यता आँैल्याउँदै विकासमा विभाजित मानसिकताले देशलाई क्षति हुने धारणा राखे… पुरा पढौ

पत्रकार आचारसंहिता उल्लंघन बढ्दो

काठमाडौ, २८ असोज । पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ । पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन गर्दै आएको छ । त्यस्ता माध्यमबाट आएका सामग्रीबारे काउन्सिलमा उजुरी बढ्दो छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ३ महिना (साउन, भदौ र असोज) मा काउन्सिलमा ६८ वटा उजुरी दर्ता भएको छ । तीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यम विरुद्ध आठ, टिभीविरुद्ध तीन, अनलाइन टिभीविरुद्ध एक, युट्युब मिडियाविरुद्ध तीन र… पुरा पढौ

चाडपर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्छन्

काठमाडौ‌, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैँका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आज शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरे । सन्देशमा उनले भने, “हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।” अध्यक्ष नेपालले दसैं, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाले बनायाे अत्याधुनिक प्रशासनिक भवन

पाेखरा,२८ असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ ।पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छैनन् । माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा… पुरा पढौ

मौरीपालन व्यवसाय : दामसगैं नाम

तनहुँ, २८ असोज । व्यासनगरपालिका-१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ । सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पुर्याइसक्नु भएको छ । ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसंगै नाम पनि कमाउन सफल बनेका छन् ।… पुरा पढौ

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भादगाउँ, २८ असोज । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेकाले स्थानीय निकायको पहलमा दिउँसो ३ बजे नै सीमित स्थानीयवासीद्वारा जात्रा गर्ने निर्णय गरिएकोे छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ यो जात्रा मनाउन थालिएको हो । यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका… पुरा पढौ

विष्टगाउँका मुक्ति विष्टले गरे कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा, २८ असोज । व्यावसायिकरूपले कडकनाथ कालो कुखुरा पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन् । घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ । विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ । त्यसबाट हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला रु २०० का दरले बिक्री हुँदै आएको छ । “यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो… पुरा पढौ

नेपाल साफको फाइनलमा

काठमाडौं, २८ असोज । नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । राउण्ड रोबिन लिगअन्तर्गतको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ… पुरा पढौ

आज महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौं, २८ असोज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र… पुरा पढौ