मुख्य समाचार

धरानमा भयाे ७ करोड बराबरकाे खसी बोकाको कारोबार

धरान, १ कात्तिक । धरानमा दसैंमा ७ करोडको खसीबोकाको कारोबार भएकाे छ । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा ७ करोड बराबरको खसीबोका कारोबार भएको हाे । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दसैंमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ । समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राईका अनुसार दसैं अगाडिका दुई हप्तामा दुई करोडको… पुरा पढौ

शून्यमा झर्याे काभ्रे जिल्लामा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक, १ कात्तिक । काभ्रे जिल्लामा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जनाएको छ । केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो । गत बिहीबार भने एकमा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लाको चार गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना सङ्क्रमणमुक्त भइसकेका… पुरा पढौ

साफको उपविजेता नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, १ कात्तिक । माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् । साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि पहिलो पटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत… पुरा पढौ

मेघ गर्जन/चट्याङ्गसहित वर्षा, यस्ताे छ ३ दिनको मौसम

काठमाडौं, १ कात्तिक । देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक- दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।हाल बंगालको खाडिमा र मध्य भारतमा रहेकाे न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा देखिएको छ। यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान : कार्तिक ०१ गते  दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम… पुरा पढौ

राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौ‌, १ कात्तिक । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी आगामी… पुरा पढौ

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

रसुवा, १ कात्तिक । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानाको अधिकांश संरचना निर्माण पूरा भएको छ । बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ । विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ । संरचना… पुरा पढौ

आइसिएफसि फाइनान्सले गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं, १ कात्तिक । आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संचालक समितिको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरेपछि तथा फाइनान्सको साधारण सभाले पारित गरेपछि वितरण गरीने भएको छ । संचालक समितिको २८७ औं बैठकबाट शेयरधनीहरुलाई २०७८ असार मसान्तसम्म कायम… पुरा पढौ

हुवासिन सिमेन्टलाई विद्युत् दिने स्वीचिङ स्टेशन सञ्चालनमा

काठमाडौं, १  कात्तिक । धादिङ जिल्लामा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेशनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको छ । तनहुँस्थित तल्लो मस्र्याङदी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा ‘लुप इन’ गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने नेपाल विद्युत् प्राधिकरणले जनाएको… पुरा पढौ

कर्णालीमा दशैं अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

कर्णाली, १ कात्तिक । दशैंको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । सो दुर्घटनाले… पुरा पढौ

कोपनहेगनमा “हरि न्यौपाने जिताऔं”अभियान, नेपाली उम्मेदवारलाई महिनैभरि मतदान

डेनमार्क,३१ असाेज। कोपनहेगनको भित्री सहर नरेब्रोमा आजकल हरेक दिन २०-२५ जना नेपालीलाई 'कता गएर आउनु भो?' भनी सोध्दा जवाफ आउँछ- भोट हालेर आएको ! दिनदिनै जो भेट्यो उसैले 'भोट हालेर आएको' भन्दा नौलो मान्छेलाई भए अनौठो लाग्न सक्छ। तर डेनमार्कको स्थानीय निर्वाचनमा सम्बन्धित क्षेत्रका तोकिएको केन्द्रमा गई मतदान गर्ने एक महिना लामो अवधि दिइएको हुन्छ। त्यही क्रम चलिरहेको छ यतिबेला । छैन त गजब !यसपाली अक्टोबर ५ तारिख देखि डेनमार्कमा स्थानीय निर्वाचनको लागि मतदान शुरु भएको छ। यो क्रम नोभेम्बर… पुरा पढौ