मुख्य समाचार

म्याग्दीमा ११ आयोजना निर्माणाधिन, तीन वटाले मागे अनुमति

म्याग्दी, २७ असोज । म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । विद्युत विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।… पुरा पढौ

खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला

रामपुर (पाल्पा), २७ असोज । खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन । पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाए । गत वर्षको दसैँमा पनि रानाले पाँचवटा खसी बिक्रीबाट रु एक लाख ५० हजार कमाई गरे। “यस वर्ष सात, आठ महिना मात्रै पालेर खसी बेचियो, गत वर्ष… पुरा पढौ

मनकामनाको गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्छु : श्रममन्त्री श्रेष्ठ

दमौली, २७ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् । बडादसैँको आठाै‌ दिन आज मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा सो कुरा बताएका हुन । मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए । “मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,” उनले भने ।… पुरा पढौ

मुगुमा बसको टायर पङ्चर हुँदा दुर्घटना

मुगु, २७ असोज । नेपालगञ्जबाट मुगु जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर… पुरा पढौ

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरिन । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०ः३० बजे मन्दिर पुगेकी हुन् । उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो । राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला… पुरा पढौ

‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर परराष्ट्रमन्त्री डा खड्का स्वदेश फिर्ता

काठमाडौं, २७ असोज । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किएका छन् । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए । बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै… पुरा पढौ

माछापुच्छ्रे बैंकका काठमाडौंसहित विभिन्न जिल्लामा दशैं काउन्टर खुल्ला

काठमाडौं, २७ असोज । दशै‌काे बिदामा दिनमा केहि बैंकहरुले आफ्ना दशैं काउन्टरहरु निश्चित समय तोकेर खुल्लै रहेको बताएका छन् । यसैक्रममा माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्येनजर राख्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा दशैं काउन्टर खुल्ला गरेको जनाएको छ । बैंकले दशैंको टीकाको दिन असोज २९ गते बाहेक असोजको २६ गते फूलपातीदेखि असोज २७ गते, असोज २८ गते र असोज ३० गते दशैं काउन्टर संचालनमा रहने जनाएको छ । बैंकका अनुसार असोज २६ मा काठमाडौंसहित देशका विभिन्न स्थानमा ११ वटा… पुरा पढौ

नारायणगढ-बुटवल सडकखण्डमा विद्युत्को पोल हटाईंदै

काठमाडौं, २७ असोज । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म… पुरा पढौ

निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन

म्याग्दी, २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो । रु एक करोड १० लाख लागत अनुमान गरिएको भबन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले रु ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । चौतिस फिट चौडाइ र ४४ फिट लम्बाइ भएको तीन तले भवनको भुइँ तलामा पाँच कोठा रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारीदिए । “ठेक्कामा बचेको रु. २५ लाख बजेटले सभाहलको चौडाई… पुरा पढौ

निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आयोगको आग्रह

काठमाडौं, २७ असोज । राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ । रुपन्देहीस्थित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागी चारजना प्रदर्शनकारीको मृत्यु र घाइते भएको घटनालाई लिएर आयोगले निष्पक्ष छानबिन गर्न माग गरेको हो । “व्यक्तिको ज्यानै जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध… पुरा पढौ