मुख्य समाचार

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडाैं, २६ असाेज । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको… पुरा पढौ

नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित

काठडमाैं, २६ असाेज । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् । मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए । उनले भने, “महाप्रबन्धक… पुरा पढौ

दसैं, तिहार र छठ बिदामा मानव अधिकार आयोग खुल्ला रहने

काठमाडाैं, २६ असाेज ।राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरु दसैं, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि उक्त बिदामा आयोग खुल्ला रहेछ । यस अवधिमा आयोगले मावन अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ । पुरा पढौ

राजनीतिक परिवर्तनसँगै पर्वहरुलाई समयानुकुल बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

पोखरा, २६ असाेज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताएका छन् । विजयादशमी, बडादशैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्नुका साथै समायानुकुल बनाउनुपर्ने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्नेमा म विश्वस्त छु ।’ नेपाल बहुजातीय,… पुरा पढौ

फूलपाती पर्व आज घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं, २६ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणप्रति प्रधानमन्त्री खुसी

पाेखरा, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आँफुलाई खुसी लागेको बताए । विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतर्फस्थित रिट्ठेपानी डाँडा काट्ने काम अघि बढाउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताए। उनले भने, “विमानस्थलको भौतिक प्रगतिप्रति म खुसी छु, डाँडा कटानका लागि सरकारले सहजीकरण गर्छ ।” प्रधानमन्त्री देउवालाई… पुरा पढौ

घान्द्रुक जीप दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको सनाखत

पोखरा, २५ असोज । कास्कीको घान्द्रुकमा आज भएको जीप दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ । मृतक सबैकाे सनाखत भएकाे छ । मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने चालक ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, सोही स्थानकी बर्ष २४ की सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७… पुरा पढौ

दशैं अघिको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २५ असोज । साताको कारोबार हुने दोश्रो दिन तथा दशैं बिदाभन्दा अगाडीको अन्तिम कारोबार हुने दिन सोमबार नेप्से ओरालो लागेको छ । अब नेप्सेमा असोज ३० गतेबाट कारोबार पुनः शुरु हुनेछ । १३ उपसमूहमध्ये म्युचुअल फण्डको ०.३८ प्रतिशत र लगानी उपसमूहको १.०७ प्रतिशतले बृद्धि भएको छ । बाँकी ११ उपसमूहरु राताम्मै भएका छन् । कारोबार रकममा पनि गिरावट भएको छ । वडा दशैंको पाँचौ दिन शेयर वजारको कारोबार के होला ? भनेर लगानीकर्ताहरुमा उत्सुकता भईरहेको बेलामा दशैंमा लगानीकर्ताको मन… पुरा पढौ

ग्लोबल आइएमई बैंकले गर्यो १३.५ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडौं, २५ असोज । ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको आज बिहान बसेको संचालक समितिको ३९३ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को बितरणयोग्य मुनाफा समेतबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५ प्रतिशत लाभांश (बोनस शेयर १० तथा नगद लाभांश ३.५ प्रतिशत) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि वितरण गर्नेछ । यसका लागि… पुरा पढौ

एक्सेल बैंकले ल्यायो आजदेखि २४ करोड बढीको हकप्रद शेयर बिक्रीमा

काठमाडौं, २५ असोज । एक्सेल डेभलपमेन्ट बैंकले आजदेखि २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको हकप्रद जारी गरेको छ ।बैंकले हाल कायम रहेको १० कित्ता शेयर बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो । रुपैयाँ १०० अंकित मूल्य दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३/६७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याईएको हो । हकप्रद शेयरका लागि बैंकका शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । तर उनीहरु भदौ ३१… पुरा पढौ