मुख्य समाचार

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

चितवन, २५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए । उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए। उनले थपे, “वास्तविक सुकुम्बासी… पुरा पढौ

जिप दुर्घटनामा तीनको मृत्यु, गाउँ शोकमा

वालिङ, २५ असोज । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गएराति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–१० की करिष्मा… पुरा पढौ

नवरात्रको पाँचाैं दिन आज स्कन्दमाता देवीको पूजा आराधना

काठमाडौं, २५ असोज । नवरात्रको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिएको छ । यसदिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाता देवीको विधिपूर्वक पूजा आराधना गरिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाता देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको… पुरा पढौ

विश्वमा नेपालको संस्कृति र पर्यटन प्रवद्र्धन गर्न ‘नेसनल डेल्फिक काउन्सिल’ स्थापनाको घोषणा

काठमाडाैं, २५ असाेज । नेपाली कला संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको छ । कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मका रूपमा स्थापना भएको उक्त काउन्सिल आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । श्रीदेव बिएलको अध्यक्षतामा गठन भएको काउन्सिलको उपाध्यक्षमा जीवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ तथा सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन्… पुरा पढौ

नेपालको पर्यटन विकासमा यूएनडब्लुटिओको साथ

काठमाडौं, २५ असोज । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ । माल्दिभ्समा आयोजित (युएनडब्लुटिओ) एशिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिमका अवसरमा भएका अन्तरक्रिया तथा द्विपक्षीय छलफलका क्रममा युएनडब्लुटिओ नेपालको पर्यटन प्रर्वद्धनका लागि सकारात्मक देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । माल्दिभ्समा यही असोज १९ देखि २२ सम्म आयोजित उक्त कार्यक्रममा युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकास्भिल्ली र क्षेत्रीय निर्देशक ह्यारी ह्वाङसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीसँगको भेटमा महासचिव जुराब… पुरा पढौ

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

काठमाडौं, २५ असोज । चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।फबडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आज आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए । महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो हिस्सामा कर तिरेको सुनचाँदी तथा आभूषण व्यवसायलाई सहजरूपमा… पुरा पढौ

२४ घण्टामा ५९६ थपिए, ८७१ जना सङ्क्रमणमुक्त

काठमाडौं २४ असाेज । विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा… पुरा पढौ

नेप्से दोहोरो अंकले घट्याे, ४ अर्ब ४९ करोड बढीको कारोबार

काठमाडौं, २४ असोज । साताको पहिलो कारोबार भएको दिन आईतबार शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि खासै बढ्न सकेकाे देखिएन। जस्काे कारण लगानीकर्ताहरु खुसि हुन सकेनन् । नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा झरेको छ । नेप्से ०.६९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा रहेको छ । कुल २२० वटा कम्पनीको कारोबार भएको छ । ७२ लाख ५१ हजार ७४४ कित्ता शेयरको खरिदबिक्रीबाट… पुरा पढौ

प्रजातन्त्रको विकल्पमा अरु केहि छैन प्रजातन्त्र नै हो : प्रधानमन्त्री देउवा(भिडियाे)

पोखरा, २४ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले आफुहरुको विश्वास प्रजातन्त्रमा रहेकोले प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै भएको बताएका छन् । संसारमा अर्को कुनै विकल्प छ र प्रजातन्त्रको ? प्रधानमन्त्री देउवाले भने, प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हाे यो सबैले सुन्नुपर्छ र सुनेर बुझ्नु पर्छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहलाई पोखरा सभागृहमा प्रमुख अतिथिकाे रुपमा संवोधन गर्दै देउवाले कसले केके गरिरहेका छन् त्यसलाई जनताले हेरिरहेकोले उनीहरुलाई जनताले आफ्नो… पुरा पढौ

निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार

पाेखरा, २४ असाेज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पोखरा पर्यटन परिषद्ले दसै, तिहार तथा छठकाे अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताएका हुन् । कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिरलगायत नयाँ पर्यटकीय गन्तव्य खुलाउन पहल गर्ने प्रतिबद्धता मन्त्री वरालले जनाए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन… पुरा पढौ