मुख्य समाचार

प्रदेशका टोल टोलमा खेलकुद लैजाने प्रयास हुँदैछ : गुरुङ

पोखरा, २३ असोज । राष्ट्रिय खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउनु पर्नेमा जोड दिएका छन् । उनले खेलकुद बहुआयामिक र फाइदाजनक विधा भएकोले बाल्यकालबाटै बालबालिकाहरुलाई खेलकुदमा सहभागि गराउन उनले अनुरोध गरे । पश्चिमाञ्चलको पहिलो निजि विद्यालय माउन्न अन्नपूर्णले आज बिहान दशैंतिहार, छठ, नेपाल संवत, इद तथा ल्होसारको पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा गुरुङले उक्त कुरा बताएका हुन् । हामीले टोल टोलमा खेलकुदको वातावरण निर्माण गर्न चाहेका छौं सदस्य सचिव गुरुङले भने,… पुरा पढौ

मध्य भोटेकोशीको आइपीओमा पर्यो १५ लाख ६२ हजार बढीको आवेदन

काठमाडौं, २३ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेबाट सर्वसाधारण जनताका निष्काशन गरेको ९० करोड रुपैयाँ बराबरको आइपीओमा हालसम्म १५ लाख ६२ हजार १८० जनाले आवेदन पेश गरेका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आजसम्म १५ लाख ६२ हजार १८० जना आवेदकले २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ९२ हजार २९० कित्ता शेयरको लागि आवेदन पेश भएको छ । कम्पनीले असोज २० गतेबाट सर्वसाधारणका लागि… पुरा पढौ

होटल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित

पोखरा, २३ असोज । पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका संचालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए । संघको पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले घोषणा गरे । संघको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ चयन भएका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा गणेशराज पहारी… पुरा पढौ

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

मोरङ, २३ असोज । कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो) सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् । अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ । दूध… पुरा पढौ

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २३ असोज । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि… पुरा पढौ

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन, २३ असोज । अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो । नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो । उनले भने, “साना किसान विस्थापित भएका छन् ठूला स्थापित हुँदैछन् ।” अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उनकाे भनाइ छ ।… पुरा पढौ

१२ करोडको लागतमा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा आवास गृह बन्ने

गण्डकी, २३ असोज । पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा आवास गृह बन्ने भएको छ । ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट हाउसका रुपमा बन्न लागेको उक्त भवन पोखरा विश्वविद्यालयका शिक्षण संस्थाहरूको सङ्घ नेपाल (ओपन) द्वारा विश्वविद्यालयको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग सहकार्य गरी निर्माण गर्न लागिएको हो । करिब रु १२ करोडको लागतमा निर्माण हुने उक्त भवन पोखरा महानगरपालिका वडा नं ३० स्थित विश्वविद्यालयको प्राङ्गण लेखनाथमा अवस्थित ११४ रोपनी प्लटको डि ब्लकमा निर्माण हुनेछ । दुई वर्षमा निर्माण सम्पन्न गरी… पुरा पढौ

ऊर्जा मन्त्रीसँग एडिबी प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं, २३ असोज  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक(एडिबी)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा एडिबीको अनुदान तथा ऋण सहयोगमा निर्माण भइरहेका विभिन्न आयोजनाका विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । एडिबीका देशीय निर्देशक अर्नाउड काउकोजस्को नेतृत्वको प्रतिनिधिमण्डलले जलस्रोत र सिँचाइका विभिन्न तटबन्ध निर्माण, राजपुर सिँचाइ आयोजना र जलस्रोत ऐनका विषयमा चासो राखेको थियो । ती आयोजनाको खर्चका बारेमा चासो राख्दै देशीय निर्देशक अर्नाउडले कोभिडका बाबजुद पनि राम्रो काम भएको र… पुरा पढौ

देश र जनताप्रति इमान्दार भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिए । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उनले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले आजैदेखि… पुरा पढौ

२४ घण्टामा थपिए ७६४ जना, १ हजार ३३ जना संक्रमणमुक्त

काठमाडाैं, २२ असाेज । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सङ्ख्या १५ हजार ६१४ रहेका छन् । पाँच सय बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की… पुरा पढौ