मुख्य समाचार

प्रधानमन्त्री देउवाले गरे साक्षर गण्डकी प्रदेशस्तम्भ अनावरण

पाेखरा, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन् । गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ… पुरा पढौ

उद्योग मन्त्री हमालले दिए पदबाट राजीनामा, प्रधानमन्त्रीले गरे तत्कालै स्वीकृत

काठमाडौं, २४ असोज । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका थिए तर आज राजीनामा दिए,’ उनले भने । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै… पुरा पढौ

शिवम् सिमेन्टले बोलायो साधारणसभा, २९ प्रतिशत लाभांश दिने

२४ असोज, काठमाडौं । शिवम सिमेन्टले कात्तिक १६ गतेका लागि साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश पारित गर्न कम्पनीले काठमाडौंको होटल सोल्टीमा छैठौं साधारणसभा बोलाएको हो । गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुरा पढौ

‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण

सोलुखुम्बु, २४ असोज । बाह्र विद्यार्थीसहित १८ जनाको टोलीले सोलुखुम्बुमा पर्ने ‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण गरेका छन् । नेपाल माउन्टेन एकेडेमी प्रथम व्याजका १८ विद्यार्थीले उक्त हिमालको अध्ययन आरोहण गरेका हुन् । अध्ययन आरोहणका व्यवस्थापक रिफ्युज मेरा लजका सञ्चालक जाङ्बु शेर्पाका अनुसार असोज १ गते काठमाडाैंबाट उक्त टोली सडकमार्ग हुँदै मेरा पिकतर्फ हिँडेको थियो । एकेडेमीका १५ विद्यार्थीसहित २१ जनाको टोली अध्ययन आरोहणमा निस्किएको भए पनि तीन जना भने चुचुरोमुनिबाट फिर्ता भएको शेर्पाले बताए । पाँच हजार ८००… पुरा पढौ

जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताए। महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुठको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिन लागेको बताए । “काँग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेद्वारी रहन्छ”,… पुरा पढौ

विकास निर्माण र कला संरक्षणमा उपभोक्ता पनि जिम्मेवार हुनुपर्छःमन्त्री भुसाल

ललितपुर, २३ आसोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताएकी छन् । सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर महानगरपालिका–२२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्तास्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिइन । “आफू निरन्तर देश विकास र जनताको सेवामा लाग्ने छु”, मन्त्री भुसालले भनिन्, “मैले मेरो तहबाट बजेट तथा योजनाका लागि पहल गर्छु । तपाईं उपभोक्ताले… पुरा पढौ

लगानी बोर्डद्वारा रु ७३ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौं, २३ असोज । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब रु १०.५ अर्ब लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत्… पुरा पढौ

निर्वाचनसम्म पाँच दलीय गठबन्धनःमन्त्री खतिवडा

पाेखरा, २३ असोज । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानको रक्षा गर्ने शर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताए। एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका नेता खतिवडाले नेकपा (एमाले) र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी… पुरा पढौ

मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलतः अध्यक्ष दाहाल

चितवन, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताए । अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको स्पष्ट पारे । उनले भने, “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।” सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै उनले… पुरा पढौ

नेपाल एग्रो लाइभद्वारा स्मार्ट कृषि प्रविधिमा जोड

काठमाडौं, २३ असोज । नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । आधुनिक कृषि प्रविधि, सीप र शिक्षा दिएर ‘स्मार्ट कृषि’ तर्फ किसानलाई आकर्षित गर्न सके कम लगानीबाट बढी उत्पादन र नाफा आर्जन गर्न सकिने उनीहरुको भनाइ छ । नेपाल एग्रो लाइभ प्रालिले आयोजना गरेको कृषि क्षेत्रमा व्याप्त जलवायु परिवर्तनसँग समयानुकूल हुने स्मार्ट कृषि प्रविधि प्रवद्र्धनका लागि ‘व्यवसायमैत्री स्मार्ट कृषि प्रविधि’… पुरा पढौ