मुख्य समाचार

कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता

काठमाडाैं, २२ असोज । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले राससलाई जानकारी दिनुभयो । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए… पुरा पढौ

सरकार गठन भएकाे करिब ३ महिनामा गरे देउवाले मन्त्रिपरिषद् बिस्तार(सूचीसहित)

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार गठन भएको करिब ३ महिनामा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको ८८ औं दिनमा देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन । उनले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाएका छन् । मन्त्रिपरिषदमा यसपटक उपप्रधानमन्त्री बनाईएको छैन । यो व्यवस्था नबनाईए पछि जनता समाजवादीका उपेन्द्र यादव सरकारमा सहभागि भएका छैनन् । वरियताको हिसाबले प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाणको नाम रहेको छ । ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत… पुरा पढौ

कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

काठमाडौं, २२ असोज । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिशिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो । परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि… पुरा पढौ

एमालेको अवरोधकैबीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत

काठमाडौं, २२ असोज । प्रतिनिधि सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकैबीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सङ्घीय निजामति सेवा विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । उक्त प्रस्ताव स्वीकृत गर्नुपूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।… पुरा पढौ

कीर्तिमानी पर्वतारोही पुर्जा तेस्रो पटक धौलागिरिमा

बेनी, २२ असोज । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहेका उनले आज बिहान उक्त हिमाल आरोहण गरेका हुन् । प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेकाे भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । “हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै… पुरा पढौ

हरित जलवायु कोषद्वारा ६ अर्बको परियोजना प्रस्ताव स्वीकृत

काठमाडौं, २२ असोज । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३० औँ बोर्ड बैठकबाट हालै स्वीकृत भएको केन्द्रले जनाएको छ । कूल ४९.१५ मिलियन युएस डलर (करिब पाँच अर्ब ८९ करोड ८६ लाख बराबर रकम) को उक्त परियोजनाअन्तर्गत पाँच वर्षभित्र नेपालको तराई क्षेत्रको २२ जिल्लाका १५० स्थानीय तहमा १० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि… पुरा पढौ

विश्व स्वास्थ्य संगठनद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

जेनेभा, २२ असोज । विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराए । उनले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका… पुरा पढौ

सिटिजन्स बैंकको मूल्य समायोजन, कारोबार आईतबारबाट खुल्ने

काठमाडौं, २२ असोज । आजदेखि सिटिजन्स बैंक इन्टरनेशनलको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणको लागि बैंकले बुक क्लोज गरेसंगै नेप्सेबाट शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम भएकाे हाे । नेप्सेले बैंकको १२.९१ प्रतिशत बोनस शेयरलाई समायोजन गरेको छ । समायोजन भएपछि शेयरमूल्य ३५२ रुपैयाँ ४८ पैसा भएको छ । अघिल्लो कारोबारको बेला शेयरमूल्य ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले आगामी साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट १२.९१ प्रतिशत बोनस शेयर… पुरा पढौ

सामलिङ पावरले कार्तिक ४ गतेदेखि ७ करोड ३० लाखको आइपीओ बिक्रीमा ल्याउँदै

काठमाडौं, २२ असोज । सामलिङ पावर कम्पनीले कार्तिक ४ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको छ । कम्पनीका अनुसार १०० रुपैयाँ मूल्य अंकित ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिने भएको हो । निष्काशन हुने कुल शेयरको २ प्रतिशतले हुने १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ । त्यसबाट ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले बाँकी रहेको ६ लाख ७८ हजार… पुरा पढौ

रसुवामा चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

रसुवा, २२ असोज । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो । दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका… पुरा पढौ