मुख्य समाचार

सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया : प्रधानमन्त्री देउवा

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन् । जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताए । विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरेका छन्… पुरा पढौ

राेकिएन शेयर बजारकाे पहिराे, कहिले थामिएला ?

काठमाडौं, १२ असोज । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि शेयर बजार राताम्मै भएको छ । घटेका सूचकांकहरुसंगै खुम्चिएको कारोबार रकमको गाँठो पनि फुक्नसकेको छैन । निरन्तर शेयर बजारमा पहिराे जान थालेपछि लगानीकर्ताहरूमा छटपटि र नैरास्यता छाएकाे छ । के शेयर बजार कुनैबेला २१ अर्बकाे काराेबार भएकाे स्थितिमा पुग्दैन त ? पुनः हिरयाली माैसम छाउँदैन त ? यस्ता प्रश्नकाे उत्तर खाेजिरहेकाे अवश्था छ । विषेश गरी नेपाल राष्ट्र बैंकले लागू गरेको १२ करोडको शेयर कर्जाको सिमा, असोजदेखि बैंक… पुरा पढौ

रिज लाईन ईनर्जीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं, १२ असोज । रिज लाईन ईनर्जीले सर्वसाधारणका लागी शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता आज असोज १२ गते मंगलबार सम्पन्न भएको छ । सम्झौतामा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन । कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले… पुरा पढौ

राष्ट्र बैंकको एकिकृत निर्देशन सम्बन्धमा यस्तो छ लघुवित्तकर्मीको सुझाव

नेपाल राष्ट्र बैंक वित्तीय संस्थाहरुको नियमन निकाय हो । समग्र देशको वित्तीय अबस्था कस्तो मोडेलमा बिकास गर्ने र सुदृढ गर्ने भन्ने सम्बन्धमा नियमन निकायको निर्देशन तथा सोको पालना निकै महत्वपुर्ण हुन्छ । तर नियमन निकायको बुझाई तथा सो सम्बन्धमा गरिने निर्देशनले वित्तीय संस्थाको कार्य सन्चालनमा पार्नसक्ने सकरात्मक र नकरात्मक पक्षको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहेको हुन्छ । नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थालाई जारी गरिएका केहि निर्देशन तथा व्यवस्था सम्बन्धमा समग्र सरोकारवालाहरुमा केही जिज्ञासाहरु पनि छन । यस विषयमा नियमनको… पुरा पढौ

विश्वकाे विषमपूर्ण परिस्थितिलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन : नेपाल

काठमाडौं, १२ असोज । नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ । ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालले जातीय बहुलसमाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र वहुपक्षवाद भएका बताएको हो । बहुपक्षवादको… पुरा पढौ

सङ्क्रमित आउन छाडेपछि पालिकाका आइसोलेशन खाली

चितवन, १२ असोज । जिल्लाका सात पालिकाले सञ्चालन गरेको आइसोलेशनमा कोरोना सङ्क्रमित आउन छाडेपछि खाली भएका छन् । यहाँका पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेशनमा अहिले बिरामीको सङ्ख्या शून्य भएसँगै आइसोलेन खाली भएका हुन् । कोरोना सङ्क्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो । भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा– १०, खैरहनी… पुरा पढौ

अपडेट : यस्तो छ शेयर बजारको यात्रा

काठमाडौं, १२ असोज । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार प्रि-ओपन सेसन नकारात्मक देखिएको छ । नेप्से परिसूचक करिब २ अंकले घटेको देखिएको छ । सोमबार ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेर बन्द भएको शेयर बजार आजको ओपनिङ सेसनमा १.८१ अंकले बटेको देखियो भने २६८३.६० विन्दुमा झर्यो । प्रि-ओपन सेसनमा १७ कम्पनीले शेयर कारोबार गरे । उनीहरुमा ४ वटा कम्पनीको शेयर मूल्य बढेको देखियो भने १० कम्पनीको घटेको पाईयो । यो समयमा ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको पाईयो ।… पुरा पढौ

प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन

वीरगञ्ज, १२ असोज । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पु¥याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो । विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने… पुरा पढौ

गण्डकी प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा टिमुर खेती विस्तार गर्नुपर्ने

पोखरा, १२ असोज । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । व्यवसायिक टिम्मुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा पछि सहयोग पुग्ने उनले विश्वास गरे । स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यवसायिक टिमुर खेतीको अवलोकन पछि डिभिजनल वन कार्यालय र सव डिभिजन वन कार्यालयका अधिकारीहरुसँगको अन्तरक्रियामा उनले यस्तो योजनामा जोड दिए । ‘हामीमा अझैसम्म पनि सानो सानो कृषि कर्मबाट मनग्ये आम्दानी हुन्छ भन्ने… पुरा पढौ

विकास साझेदारद्वारा पुनः निर्माण प्रगतिको प्रशंसा, सन्तोषजनक उपलब्धि हाँसिल

काठमाडौं, १२ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरूको समेत संलग्नतामा पुनःनिर्माण कार्यमा सन्तोषजनक उपलब्धि हाँसिल भएको निष्कर्ष निकालेको छ । समितिको १०औँ बैठकले पुनःनिर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मङ्सिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । बैठकले विकास साझेदारबाट पुनःनिर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिलाई ग्रहणसमेत गरेको छ । कार्यक्रममा विश्व बैंक, एसियाली विकास बैंक (एडिबी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), जापान… पुरा पढौ